Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मुद्धा जितेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भने- ‘अब ओलीले राजनीतिबाट सन्यास लिए हुन्छ’

मुद्धा जितेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भने- ‘अब ओलीले राजनीतिबाट सन्यास लिए हुन्छ’

  • 3.3K
    SHARES

  • मुद्धा जितेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भने- ‘अब ओलीले राजनीतिबाट सन्यास लिए हुन्छ’

    बुटवल,असार ८ -

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब राजनीतिबाट सदाका लागि सन्यास लिन सुझाव दिएका छन् । सर्वोच्चको आदेशपछि नागरिक अनलाइनसंग उनले भने-‘ पदत्यागले मात्रै हुन्न अब राजनीतिबाट सदाका लागि सन्यास लिनु उत्तम हुन्छ ।’

    सर्वोच्च अदालतले संसद विघटनपछिको मन्त्रिपरिषद विस्तार बदर गरेर प्रधानमन्त्री ओलीलाई संविधानको शक्ति देखाइदिएको टिप्पणी गरे ।

    रिट निवेदकसमेत रहेका उनले भने, ‘सर्वोच्चको आदेशले प्रधानमन्त्रीको अहंकार र घमण्ड चुकनाचुर पारेको छ भने,अनैतिक काम गर्ने उनलाई संविधानको शक्ति के रहेछ भन्ने चेत खुलेको हुनुपर्छ ।’

    ऐतिहासिक आदेश जारी भएको भन्दै उनले भने-‘आज सर्वोच्चले आफ्नो सर्वोच्चता र संविधानको सर्वोच्चता स्थापित गरिदिएको छ ।’

    उनले सामाजिक सञ्जालमापनि लेखेका छन् -

    आज सर्वोच्च अदालतले मैले दायर गरेको रिटमा सुनवाई गर्दै एउटा ऐतिहासिक आदेश जारी गरेको छ । कामचलाऊ सरकारले गरेको मन्त्रीपरिषद् बिस्तारलाइ सर्वोच्चले लगाम लगाएको छ । अदालतले प्रतिनिधी सभा विघटन भएपछि जेठ २१ एवं २७ गते थपिएका उपप्रधानमंत्री तथा मन्त्रीहरुलाई सो हैसियतले कुनै कार्य नगर्नु नगराउनु भनि आदेश जारी गरेको छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology