बुटवल, असार १-
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८-०७९ बजेट सार्वजनिक गरेको छ । अहिले प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले बजेट वाचन गरिरहेका छन् । कोरोना संक्रमितहरूको निशुल्क उपचार हुने र कोरोनाका बिरामीलाई प्राथमिकता दिन कोभिड फर्स्ट नीति लिइने उनले बताए।
कोभिड संक्रमितको उपचारका लागि ४ निजी मेडिकल कलेजसँग समन्वय गरिने जनाए । भैरहवाको युनिभर्सल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज र देवदह मेडिकल कलेजसँग समन्वय गरी जटिल प्रकृतिका बिरामीको पनि उपचार गरिने उनले उल्लेख गरे।
आगामी आर्थिक वर्षमा सरकारले कोभिड संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरूलाई ५० प्रतिशत भत्ता उपलब्ध गराइनेसमेत उल्लेख गरिएको छ।
किसानको पहुँच कार्यक्रमका लागि ३३ करोड :
त्यस्तै लुम्बिनी प्रदेश सरकारले प्रत्येक वडामा कृषि प्राविधिक पुर्याउने कृषि प्राविधिक सेवामा किसानको पहुँच कार्यक्रमका लागि ३३ करोड बजेट छुट्याएको छ। आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले कृषि क्षेत्रमा क्रान्ति ल्याउन बजेट छुट्याइएको बताए।
उनले प्राविधिक जनशक्ति अभावका किसानले परम्परागत कृषिको भर परको भन्दै प्रत्येक किसान परिवारको कृषि योजना बनाउने गरी वडा तहमै प्राविधिकको व्यवस्था गर्न कृषि प्राविधिक सेवामा किसान पहुँच कार्यक्रम ल्याइएको अर्थमन्त्रीको दाबी छ। उनका अनुसार जनशक्तिका रुपमा मात्रै १ हजार ९२ जना कृषि प्राविधिक रोजगार हुनेछन्।
एक स्थानीय तह एक स्मार्ट कृषि गाउँ कार्यक्रमलाई निरन्तरता दिइएको छ। जसका लागि ३५ करोड विनियोजना गरिएको छ। ९२० हेक्टरमा रहेको करार खेती कार्यक्रमलाई १२ सय हेक्टरमा पुर्याउे गरी करार खेती कार्यक्रमलाई निरन्तरता दिइएको छ। ब्याजमा अनुदान, सहकारी क्षेत्रको लगानीका लागि बजेट व्यवस्था गरिएको मन्त्री उनले बताए।
यी पनि हेराैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)