Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मी मदानेमा सामाजिक अभियानबाट विपन्न ४९ घरपरिवारलाई खाध्य सामाग्री प्रदान

गुल्मी मदानेमा सामाजिक अभियानबाट विपन्न ४९ घरपरिवारलाई खाध्य सामाग्री प्रदान

  • 2.4K
    SHARES

  • गुल्मी मदानेमा सामाजिक अभियानबाट विपन्न ४९ घरपरिवारलाई खाध्य सामाग्री प्रदान

    बुटवल,जेठ २३ ।

    कोभिड–१९ को महामारीले दैनिक ज्याला मजदुरी गरेर जिवन निर्वाह गर्ने र विपन्न परिवार समस्यामा परेपछि गुल्मीको मदाने गाउँपालिकाबाट स्वदेश एवं विदेशमा रोजगारीमा पुगेका युवाले सहयोग गरेका छन् । 

    बुटवलमा बस्ने मदाने गाउँपालिका पुर्कोटदह निवासी एस कुँवर र महेश कुँवरको पहलमा सुरु गरेको अभियानले गाउँका ४९ घरमा खाध्यान्न सहितको सामाग्री सहयोग गरेको हो । फेसबुकमा ‘परोकारी मनहरु पुर्कोटदह’ गुल्मी नाम बनाएर सुरु गरेको अभियानबाट १ लाख भन्दा बढी रकम संकलन भएको थियो ।

    त्यही रकमबाट सबै भन्दा बढी समस्यामा परेका घर र परिवार पहिचान गरी १६ घरमा ५० किलो चाम, २-२ किलो तेल, नुन र दाल, २२ घरमा ३० किलो चामल, २÷२ किलो तेल, नुन दाल र ११ घरमा २५ किलो चामल, २-२ किलो तेल, नुन दाल वितरण गरिएको थियो । 
    विपन्न र रोजगारी गुमेका परिवार पहिचान गर्न स्थानीय युवा मोहन कुँवर, नवराज कुँवर, सुरेश कुँवर क्षेत्री र दामोदर पौडेल खटेका थिए । अभियानमा स्थानीय भिमबहादुर कुँवरले पनि सहयोग गरेका थिए ।

    उनीहरुले तयार पारेको स्थलगत अध्ययनपछि आवश्यकताका आधारमा खाध्यान्नसहितका सामग्री वितरण गरिएको अभियानका संचालक एस कुँवरले बताए । कोरोना महामारीका कारण यातायात ठप्प भएको र गाउँघरमा पनि अहिले कोही बाहिर निस्कन नसक्ने अवस्थामा बुटवल, काठमाण्डौं एवं विदेशमा बसेर रोजगारी गरिरहेका युवाहरुले सामाजिक सञ्जालबाटै गरेको आग्रहमा सहयोग गरेका थिए ।

    सहयोग गर्ने र अभियानमा जोडिने सबैलाई परोपकारी मन पुर्कोटदह अभियानले आभार व्यक्त गरेको छ । ‘सामाजिक सञ्जालको अभियानबाटै सहयोग जुटाएर दिन पाउँदा खुशी छौं,’ अभियान्ता एस कुँवरले भने, ‘दैनिक छाक टार्न समस्यामा परेका गाउँका विपन्न समुदाय अझै खुशी छन् ।’ सहयोगी सबैलाई उनले धन्यवाद दिए । 

    Gulmi Photo.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology