बुटवल,जेठ २०-
राष्ट्रिय जनमुक्ती पार्टी रुपन्देहीले निशुल्क भोजन तथा फलफूल बितरण अभियान संचालन गरेको छ । सातदिनदेखि सो पार्टीले रुपन्देहीका बिभिन्न स्थानमा निशुल्क भोजन तथा फलफूल बितरण अभियान चलाइरहेको हो ।
बुटवल,भैरहवा,तिलोत्तमा,देवदह, लगायतका स्थानमा रहेका अति बिपन्न तथा कोरोनाका बिरामीहरुका लागि खाद्यान्न र आवश्यक फलफूल बितरण गरिएको जनमुक्ति युवा महासंघ तिलोत्तमा नगरपालिकाका अध्यक्ष बुद्धि थापा मगरले बताए ।
आज बुटवलको कोरोना बिशेष अस्पतालका बिरामीलाइ ५० प्याकेट फलफूल ,लुम्बिनी प्रादेशीक अस्पतालका बिरामीलाइ ५० प्याकेट फलफूल,त्यस्तै अति बिपन्न गरिब मजदुरहरुलाइ बुटवलको बसपार्कमा २७ प्याकेट,पुरानो बसपार्क र हाटबजारमा ४० प्याकेट खाद्यान्न बितरण गरिएको उनले बताए ।
पार्टीको निर्देशन अनुसार आईसोलेसन सेन्टर,सार्बजनिक स्थानमा रहेका बिपन्न,बिरामी कुरुवा,स्वास्थ्यकर्मी र सडकमा खटिएका सुरक्षाकर्मीसहित २ हजार ८ जनालाइ भोजन र १ हजार ४सय जनालाइ फलफूल बाडिएको जनमुक्तिले जनाएको छ ।
त्यस्तै अभियानन अन्तर्गत भोली २१ गते रक्तदान कार्यक्रम राखिएको जनमुक्ति युवा महासंघका राष्ट्रिय अध्यक्ष शंकर गाहाले जानकारी दिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)