Logo बिहिवार, आश्विन १ गते २०८३
images

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन

  • 3.2K
    SHARES

  • विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन

    बुटवल, जेठ १८ ।

    विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ। उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।

    काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको आज निधन भएको विवेकशील साझाका संयोजक मिलन पाण्डेले जानकारी दिए।

    ४४ वर्षिय थापालाई कोरोना र निमोनिया देखिएकोमा सोमबार कोरोना नेगेटिभ आएको थियो। थापालाई यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा पनि उपचार गरिएको थियो।

    कोरोना संक्रमित भएर दुई सातादेखि उपचार गराइरहेका विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाका लागि २४ घन्टामा ५० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भएको छ।nepal-midicity_report.png

    विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको भेन्टिलेटरमा उपचार हुँदै

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology