Logo बिहिवार, आश्विन १ गते २०८३
images

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको भेन्टिलेटरमा उपचार हुँदै,भ्रमको पछि नलाग्न आग्रह

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको भेन्टिलेटरमा उपचार हुँदै,भ्रमको पछि नलाग्न आग्रह

  • 3.3K
    SHARES

  • विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको भेन्टिलेटरमा उपचार हुँदै,भ्रमको पछि नलाग्न आग्रह

    बुटवल,जेठ १८-

    विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्जवल थापाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

    मेडिसिटी अस्पतालमा इक्मो प्रविधिबाट उपचार भइरहेको भएपनि स्वास्थ्यमा सुधार आउन नसकेको डाक्टर विश्व दवाडीले बताए। यस्तै उनले थापाको स्वास्थ्यको बारेमा आएका भ्रमको पछि नलाग्न पनि आग्रह गरेका छन्।

    कोरोना भाइरसको संक्रमण भएपछि उनलाई ह्याम्स अस्पताल हुँदै ग्राण्डी अस्पताल रिफर गरिएको थियो। ग्राण्डीबाट इक्मो प्रविधिमार्फत् थापाको उपचारका लागि मेडिसिटीमा लगिएको थियो।

    पीसीआर रिपोर्ट नेगेटिभ आएपनि उनको स्वास्थ्य अवस्थामा सुधार आउन सकेको छैन।  कोरोना संक्रमणसमेत भएका थापाको सोमबार मात्र कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना संक्रमणपछि स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology