Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

बुटवल जितगढीमा ५० शय्याको एडमण्ड सिटी अस्पताल संचालन,तत्काल कोभिडका विरामीको उपचार गरिने

बुटवल जितगढीमा ५० शय्याको एडमण्ड सिटी अस्पताल संचालन,तत्काल कोभिडका विरामीको उपचार गरिने

  • 20.6K
    SHARES

  • बुटवल जितगढीमा ५० शय्याको एडमण्ड सिटी अस्पताल संचालन,तत्काल कोभिडका विरामीको उपचार गरिने

    बुटवल,जेठ १६-

    बुटवल १३ मा एडमण्ड सिटी अस्पताल संचालनमा आएको छ । अस्पतालले तत्कालै कोभिड संक्रमितका विरामीको उपचार गर्ने छ ।

    विस २०६७ सालमा नेपाल सरकारबाट ५० शैय्याको अस्पतालको सम्वन्धन स्वीकृति प्राप्त गरेको अस्पतालले कोभिड महामारीलाई लक्षित गर्दै ५० बेडको अस्पताल सञ्चालनमा ल्याएको हो । मंगलबारबाट अस्पतालले सेवा शुभारम्भ गर्ने आज अस्पताल मै आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

    करिव १ विगाहा क्षेत्रफल भित्र भेण्टिलेटर सहित ८ शय्याको आईसियू ७ शैयाको एचडियू तथा ३५ शय्याको कोभिड आइसोलेशन सहित ५० शय्याको अस्पताल संचालनमा ल्याइएको अस्पतालका अध्यक्ष प्रकाश रानाले बताए ।

    उपकरण र स्वास्थ्य सामाग्री सहित ३ करोडको लगानीमा सुरु हुन लागेको अस्पतालमा कन्सल्टेन्ट डाक्टर ४ जना, मेडिकल अफिसर १०, नर्स ३८, प्यारामेडिक २२ र अन्य कर्मचारी सहित १ सय ४० जना कार्यरत रहने उनले जानकारी दिए ।

     कोभिडको संक्रमण दर केही कम भएपनि जोखिम कायमै रहेकाले अस्पताल सञ्चालनमा ल्याइएको उनले बताए । कोभिड महामारी अन्त्य भएमा सोही अस्पतलमा अन्य उपकरण थप गरी ट्रमा सेन्टर,न्यूराे तथा क्यान्सर राेग उपचार गर्ने  योजना अस्पतालले बनाएको छ ।

    admond city icu.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology