Logo बिहिवार, आश्विन १ गते २०८३
images

गाेली लागेर घाइते माओवादी केन्द्र कपिलवस्तुका नेता पाण्डेको काठमाडौंमा मृत्यु

गाेली लागेर घाइते माओवादी केन्द्र कपिलवस्तुका नेता पाण्डेको काठमाडौंमा मृत्यु

  • 3.6K
    SHARES

  • गाेली लागेर घाइते माओवादी केन्द्र कपिलवस्तुका नेता पाण्डेको काठमाडौंमा मृत्यु

    बुटवल,जेठ १०- 

    गाेली लागेर काठमाडाैमा उपचाररत नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दिपक पाण्डेको मृत्यु भएको छ । पाण्डेमाथि गत बुधबार राति गोली प्रहारबाट भएको थियाे । कपिलवस्तु नगरपालिका तौलिहवा निवासी पाण्डेको उपचारको क्रममा काठमाडौंमा निधन भएको हाे । 

    भैरहवा मेडिकल कलेजमा उपचाररत पाण्डेलाई सोमबार साँझ  हेलिकप्टर मार्फत काठमाडाैँ टिचिङमा पुर्याइएपनि उनको ८:१५ मा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले नागरिक अनलाइनलाई बताए । 

     उनीमाथि तीन राउण्ड गोली लागेको थियो ।गोली प्रहार गर्ने ओमप्रकाश यादव र साकिर अलि पाखियालाई प्रक्राउ गरी कपिलवस्तु प्रहरीले शुक्रबार सार्वजनिक गरिसकेको छ । घटनाका मुख्य अभियुक्त यादवले पाण्डेसँगको व्यक्तिगत दुस्मनीका कारण गोलीहानी हत्या गर्ने योजना बनाएको प्रहरी सामु बयान दिएका थिए । घटनाका अर्का अभियुक्त फरार छन् । 

    पाण्डेसंगै सवार अर्का भारतीय नागरिक ईयाज अख्तर मुसलमान पनि घाइते भएका छन् । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ ।

    कपिलवस्तुमा माओबादी केन्द्रका नेता दीपक पाण्डेमाथि गोली प्रहार

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology