बुटवल,जेठ ६-
कपिलबस्तुमा नेकपा (माओबादी केन्द्र)का जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । बुधबार राति पाण्डेमाथि गोली प्रहार भएको हाे ।
तौलिहवा-जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको अखिल क्रान्तिकारीका जिल्ला संयोजक हरिशचन्द्र खनालले बताए ।
पाण्डेको शरीरबाट एउटा गोली निकालिएको र अर्को निकाल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले नागरिक अनलाइनलाई बताए ।
३४ वर्षीय दिपक पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमान र घाइते भएको भण्डारीले बताए । पाण्डेसहित ३ जना लु ९प ८५२१ नम्बरको मोटरसाइकलमा जर्लैयाखोला बाट तौलिहवातिर आउँदै थिए । भारत घर भएका वर्ष ३६ को मोहम्मद इसाद खानले मोटरसाइकल चलाएका थिए ।
उनीहरुमाथि पछाडिबाट एउटा मोटरसाइकलमा आएका तीनजनाले गोली हानेर भागेका हुन् । अयाजको बायाँ हातको कुममा गोली लागेको छ । तौलिहवा निवासी पाण्डेलाई गोली प्रहार लगत्तै थप उपचारका लागि यूनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)