बुटवल,जेठ २ ।
नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ७३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । २४ घण्टामा १४५ संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ५ हजार १ पुगेको हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त प्रा डा जागेश्वर गौतमका अनुसार १९ हजार ५३९ पीसीआर र ३४४ जनाको एन्टीजेन परीक्षण गर्दा पीसीआरमा ७ हजार ३१६ र एन्टीजेनमा ५२ जना गरि ७ हजार ३६८ जनामा पोजेटिभ देखिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा ६६४८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिले १ लाख १० हजार २७३ जना सक्रिय संक्रमित छन् ।
रुपन्देहीमा कोराना घट्दाे : २४ घण्टामा ३९४ संक्रमित थपिए,थप ६ जनाको मृत्यु हुँदा मृतक ३५१ पुगे
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)