Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीमा कोराना घट्दाे : २४ घण्टामा ३९४ संक्रमित थपिए,थप ६ जनाको मृत्यु हुँदा मृतक ३५१ पुगे

रुपन्देहीमा कोराना घट्दाे : २४ घण्टामा ३९४ संक्रमित थपिए,थप ६ जनाको मृत्यु हुँदा मृतक ३५१ पुगे

  • 4.4K
    SHARES

  • रुपन्देहीमा कोराना घट्दाे : २४ घण्टामा ३९४ संक्रमित थपिए,थप ६ जनाको मृत्यु हुँदा मृतक ३५१ पुगे

    बुटवल,जेठ २ ।

    रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३९४ जनामा कोराेना संक्रमण पुष्टि भएको छ । २४ घण्टा भित्र ६ जनाको मृत्यु भएको छ । यस संगै रुपन्देहीमा कोभिडका कारण मृत्यु हुनेको संख्या ३५१ पुगेको छ भने  सक्रिय संक्रमितको संख्या ६९१४ जना पुगेको छ । याे नतिजा ६०८ जनाको आरटिपिसिआर चेक गर्दा आएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।

    आज बुटवल उपमहानगर पालिकामा ७८ जना महिला र ८८ जना पुरुष गरि १ सय ६६ जना संक्रमित , तिलोत्तमा नगरपालिकामा ३७ जना महिला र ४९ जना पुरुष गरि ८६ जना रहेका छन्, सिद्धार्थनगर नगर पालिकामा १५ महिला र २६ पुरुष गरि ४१ जना, सियारी गाउँपालिकामा ४ जना महिला र २ जना पुरुष गरि ६ जना, देवदह नगरपालिकामा १२ जना महिला र ९ जना पुरुष गरि २१ जना छन् ।

    यस्तै सैनामैना नगरपालिकामा १२ महिला र २० पुरुष गरि ३२ जना संक्रमित छन् । ओमसतिया गाउँपालिकामा १० जना पुरुष, कन्चन गाउँपालिकामा ६ महिला र ६ पुरुष गरि १२ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

    मायादेवी गाउँपालिकामा २ जना महिला र ३ जना पुरुष गरि ५ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ महिला र ३ जना पुरुष गरि ४ जना, शुद्धोधन गाउँपालिकामा १ जना महिला र गैडहवा गाउँपालिकामा २ जना महिला र १ जना पुरुष गरि ३ जना, रोहिणी गाउँपालिकामा ४ महिला र ४ जना पुरुष गरि ८ जना र कोटहीमाई गाउँपालिकामा २ जना पुरुष संक्रमित  छन् ।मर्चवारी गाउँपालिका र सम्मरीमाई गाउँपालिका भने संक्रमितको संख्या शून्य छ ।

    सक्रिय संक्रमित मध्ये ३३० जना लक्षणसहितका छन् उनिहरुको बिभिन्न पालिकामा रहेको आईसोलेसन सेन्टरमा उपचार भई रहेको छ भने ६ हजार ५ सय ८४ जना होम आईसोलेसनमै छन् ।

    आज देशभर  थप ७३६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १४५ को मृत्यु हुदाँ ६६४८ जना निको भएका छन् ।

    बिस्तृतमा ग्राफ हेराैँ :-

    data 2.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology