Logo सोमवार, कार्तिक १० गते २०८३
images

ओलीको जुक्ती : नेकपा एमालेद्वारा नेपाल, रावल, भुसाल र पाण्डेलाई गरेको कारवाही फुकुवा

ओलीको जुक्ती : नेकपा एमालेद्वारा नेपाल, रावल, भुसाल र पाण्डेलाई गरेको कारवाही फुकुवा

  • 2.5K
    SHARES

  • ओलीको जुक्ती :  नेकपा एमालेद्वारा  नेपाल, रावल, भुसाल र पाण्डेलाई गरेको कारवाही फुकुवा

    बुटवल,बैसाख ३०-

    नेकपा एमालेले चार नेतालाई गरेको कारवाही फुकुवा गरेको छ । फेरि सत्तामा उक्लिन प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ जुक्ती निकालेका हुन् । नेकपा एमालेले माधव नेपाल,भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरेको कारवाही फुकुवा गरेको छ ।

    बिहीवार बसेको एमाले स्थायी कमिटी बैठकले चार नेतामाथिको कारवाही फुकुवा गर्दै थप निर्णय लिने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

    बैठकले चार नेतामाथिको कारवाही फुकुवा गरेको र पार्टी तथा सरकारबारे थप निर्णय लिने जिम्मा अध्यक्षलाई दिएको एमाले संगठन विभाग प्रमुख समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

    यसअघि समानान्तर गतिविधि गरेको भन्दै एमालेले चार नेतालाई ६ महिनाका लागि निलम्बन गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology