Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

भैरहवाका ब्यवसायी ज्ञवालीले आफ्नो होटललाई आइसोलेशन सेन्टर बनाउने

भैरहवाका ब्यवसायी ज्ञवालीले आफ्नो होटललाई आइसोलेशन सेन्टर बनाउने

  • 4.5K
    SHARES

  • भैरहवाका ब्यवसायी ज्ञवालीले आफ्नो होटललाई आइसोलेशन सेन्टर बनाउने

    बुटवल,वैशाख २६। 

    भैरहवाका एक ब्यबसायीले आफ्नो होटललाई आइसोलेशन सेन्टर बनाउनका लागि प्रदान गर्ने भएका छन् ।

    होटल न्यू सिद्धार्थ एण्ड लजका सञ्चालक अनिल कुमार ज्ञवालीले सिद्धार्थनगर नगरपालिका–३ स्थित आँखा अस्पताल नजिकै रहेको होटललाई आइसोलेशनका सेन्टर बनाउन आफूले दिने ज्ञवालीले बताए ।

    होटलमा ५० बेडको आइसोलेशन सेन्टर बनाउन सकिने उनले बताए ।‘अहिलेको परिस्थितिमा अस्पतालमा अधिकांश कोरोना संक्रमित बिरामीले बेड तथा अक्सिजन पाउन सक्ने अवस्था छैन,ज्ञवालीले नागरिक अनलाइसंग भने-‘मानिसको जीवन बचाउनु कुरालाई प्राथमिकता दिनुपर्छ ’उनले भने । 

    करिब १० करोडको लगानीमा सञ्चालित ५ तल्ले २० वटा कोठा भएको होटल सिद्धार्थमा ८ जनाले रोजगारी पाएको उनको भनाइ छ ।

    कोरोना महामारीको विषम परिस्थितिमा सम्बन्धित निकायले अक्सिजन र प्राविधिकको व्यवस्था गरी आइसोलेशन बनाउने अवस्था भए आफूले निःशुल्क रुपमा होटल उपलब्ध गराउने उनले बताए । 

    विगत १० वर्षदेखि भैरहवामा होटल व्यवसाय सञ्चालन गर्दै आएका ज्ञवाली उद्योग व्यापार संगठन रुपन्देहीका महासचिव, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका संस्थापक अध्यक्ष, उत्कृष्ट बचत तथा ऋणाा सहकारी संस्था लिमिटेड भैरहवाका अध्यक्ष लगायतका जिम्मेवारीमा छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology