Logo सोमवार, कार्तिक १० गते २०८३
images

प्रधानमन्त्रीओलीले बालुवाटारमा संवैधानिक परिषद बैठक बाेलाए

प्रधानमन्त्रीओलीले बालुवाटारमा संवैधानिक परिषद बैठक बाेलाए

  • 2.5K
    SHARES

  • प्रधानमन्त्रीओलीले बालुवाटारमा संवैधानिक परिषद बैठक बाेलाए

    बुटवल,बैसाख २६-

    प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषदको बैठक राखेका छन्। आज बिहान ९ बजेका लागि प्रधानमन्त्री ओलीले बालुवाटारमा संवैधानिक परिषद बैठक राखेका हुन्।

    लोक सेवा आयोगलगायतमा रिक्त रहेका पद तथा पदाधिकारी नियुक्तिका लागि प्रधानमन्त्री ओलीले परिषदको बैठक राखेको स्रोतको भनाइ छ।

    तर बैठकका एजेन्डा बाहिर आइसकेको छैन। परिषद सदस्यहरूलाई पनि एजेन्डाबारे जानकारी दिइएको छैन। 

    बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नहुने भएका छन्।साथै प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि बैठकमा नजाने भएका छन्।

    कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश प्रधानमन्त्रीले ल्याएकोमा विमति जनाइरहेको छ।  सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताविनै बैठक बस्न सक्ने गरी गत वैशाख २१ मा सरकारले अध्यादेश ल्याएको थियो। उक्त अध्यादेश सरकारले गत मंसिर ३० मा पनि ल्याएको थियो।

    साथै एमाले नेता माधव नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि संवैधानिक परिषद बैठक बोलाइएकोमा आपत्ति जनाएका छन्। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology