बुटवल, वैशाख २५-
रूपन्देहीको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा माैजुदा अक्सिजन सकिएको अस्पतालले जनाएको छ । उपचारमा रहेका बिरामीहरु थप समस्यामा परेका छन् ।
अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले अक्सिजन लगभग सकिएको छ र थप अक्सिजन बाटाेमा आउदै गरेको भन्ने खबर आफूले सुनेको नागरिक अनलाइनसंग बताए ।
तत्कालै थप अक्सिजन नआए अकल्पनीय घटना हुन सक्ने बताए । ‘भएको स्टक अन्तिम चरणमा छ ,अब के गर्ने हालत यस्ताे छ। ’उनले भने ।
अब तुरुन्त थप अक्सिजन उपलब्ध हुन नसके उपचारमा रहका धेरै बिरामीको ज्यान जान सक्ने संभावना बढेको छ ।
अक्सिजन समयमै नआए के बिकल्प हुनसक्छ बिरामी रेफर गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने-यस्को जवाफ म संग छैन,प्रशासनले जान्ने कुरा हाे ।’
शुक्रबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा अक्सिजनको तत्काल अभाव हटाउन शंकर अक्सिजनले २३० सिलिण्डर, लुम्बिनी अक्सिजनले ५० र अर्को लुम्बिनी अक्सिजन प्रालीले ५० सिलिण्डर तत्काल उपलब्ध गराउने सहमती भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)