Logo सोमवार, कार्तिक १० गते २०८३
images

राष्ट्रियसभाको उपनिर्वाचनमा बादलसंग‌ डा.खिमलाल उम्मेदवार

राष्ट्रियसभाको उपनिर्वाचनमा बादलसंग‌ डा.खिमलाल उम्मेदवार

  • 2.5K
    SHARES

  • राष्ट्रियसभाको उपनिर्वाचनमा बादलसंग‌ डा.खिमलाल उम्मेदवार

    बुटवल,वैशाख २३- 

    राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर बादलको प्रतिस्प्रधीको रुपमा डा.खिमलाल देवकोटा उमेद्वार बन्ने भएका छन्।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षले संघियताविद देवकोटालाई साझा उमेद्वारको रुपमा अघि सार्ने भएका हुन्। 

    राष्ट्रिय सभाको साझा उमेद्वारको विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमोले नेता नेपाल, जसपा अध्यक्ष यादव, कांग्रेस सभापति देउवासँग सहमती गरेका थिए ।  उनीहरुबीच लुम्बिनी र बागमती प्रदेशमा मिलेर जाने सहमती भएको हो ।

    म्बिनी प्रदेशबाट नेकपा एमाले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका दृगनारायण पाण्डेलाई अघि सारिएको छ । साझा उम्मेदवार बनाएलगत्तै उनी नेपाली कांग्रेस प्रवेश गरेका छन्। बाग्मती प्रदेश अन्य समूहतर्फ रिक्त भएको एक सिटका लागि जेठ ६ गते उपचुनाव हुँदैछ।

    माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा बादलले दल त्याग गरेपछि रिक्त भएको राष्ट्रियसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो।एमालेको केपी शर्मा ओली पक्षले बादललाई नै उम्मेदवार बनाउने तयारी गरेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology