Logo सोमवार, कार्तिक १० गते २०८३
images

राष्ट्रिय सभाका पूर्वसदस्य विदुर पौडेल रहेनन्

राष्ट्रिय सभाका पूर्वसदस्य विदुर पौडेल रहेनन्

  • 3.1K
    SHARES

  • राष्ट्रिय सभाका पूर्वसदस्य विदुर पौडेल रहेनन्

    बुटवल,बैसाख १८-

    नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति एवम् राष्ट्रिय सभाका पूर्वसदस्य विदुर पौडेलको निधन भएको छ ।उनको पशुपतिस्थित वैद्यखानामा आज विहान निधन भएको हो । उनको आजै विहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।

    पूर्वीय दर्शनका जानकार पौडेल पहिलो राष्ट्रियसभाका सदस्यसमेत थिए ।ओखलढुंगा घर भई कुमारीगालमा बस्दै आएका पौडेललाई मस्तिष्कघात भएको थियो । सुरुमा उनलाई उपचार गर्न त्रिवि शिक्षण अस्पताल हुँदै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा ल्याइएको थियो ।

    तर, पछि पौडेलको पशुपतिमा देहत्याग गर्ने इच्छाअनुसार नै पशुपतिस्थित वैद्यखानामा लगिएको थियो । ‘उहाँ शिवभक्त हुनुहुन्थ्यो । पशुपतिनाथ मन्दिर परिक्रमा गराएर वैद्यखानामा राखेपछि उहाँले आज विहान अन्तिम सास लिनुभयो,’ पौडेलबारे जानकार कांग्रेस नेता डा.चन्द्र भण्डारीले भने ।

    उनी नेपाली राजनीतिमा वीपी कोइराला, सुवर्ण शमसेर, गणेशमान सिंह एवम् कृष्णप्रसाद भट्टराईका अनुयायी समेत रहेको नेता भण्डारी बताउँछन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology