बुटवल,बैशाख ८-
नेपाली काँग्रेसको पदाधिकारी बैठक जारी रहेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बसिरहेको हो ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको चौधौं महाधिवेशनलगायतका विषयमा छलफल केन्द्रीत रहेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेपछि यसले मूर्तरूप लिन सकेको छैन। यद्यपि काँग्रेस, माओवादी केन्द्र र जसपाको एउटा समूहबीच निरन्तर छलफल हुँदै आएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)