Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीकाे पाँचतारे होटल टाइगर प्यालेसका कर्मचारीले थाले आन्दोलन,निष्कासित ४ सय ३३ कामदारले दिए गेटमै धर्ना

रुपन्देहीकाे पाँचतारे होटल टाइगर प्यालेसका कर्मचारीले थाले आन्दोलन,निष्कासित ४ सय ३३ कामदारले दिए गेटमै धर्ना

  • 5.7K
    SHARES

  • रुपन्देहीकाे पाँचतारे होटल टाइगर प्यालेसका कर्मचारीले थाले आन्दोलन,निष्कासित ४ सय ३३ कामदारले दिए गेटमै धर्ना

    बुटवल भदाै २९- 

    रुपन्देहीको पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टका कर्मचारीहरुले आन्दोलन शुरु गरेका छन् । तिलोत्तमामा सञ्चालित रिसोर्टका कर्मचारीहरुले गेटमै धर्ना दिएका हुन् । 

    अष्ट्रेलियन सिलभर हेरिटेज कम्पनीको लगानीमा सञ्चालित सो होटलले दुई वर्षे करार सम्झौता सकिएको भन्दै कर्मचारीहरुलाई इमेलबाट पत्र पठाएर विदा दिएपछि कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।majdur_andolan.png

    होटलले अब करार सम्झौता नविकरण नहुने जनाएपछि कर्मचारीहरुले आजदेखी आन्दोलन शूरु गरेका छन् । आन्दोलनको कार्यक्रम अन्तर्गत कर्मचारीले आज दिउँसो रिसोर्ट गेटमा धर्ना दिएका छन् भने जिल्ला प्रशासन कार्यालय र अन्य निकायमा पुगेर ज्ञापनपत्रसमेत बुझाएका छन् ।

     होटलका जनरल म्यानेजरदेखि तल्लो तहमा कार्यरत ४ सय ३३ कामदारलाई निष्कासन गरेपछि आन्दोलन गर्नुपरेको कर्मचारी युनियनका अध्यक्ष रोसन गुरुङ्गले बताए । उनले निश्काशन गरिएका कर्मचारीहरुलाई पुनरबहाली गर्ने प्रकृया अगाडि बढाउन दबाब दिइएको बताए ।

    उक्त रिसोर्टमा क्यासिनो समेत सञ्चालित थियो । सेप्टेम्बर ९ तारिखमा पठाइएको इमेलमा करार सम्झौता नविकरण नहुने भएकाले आफ्नो व्यवस्थापन आफैं गर्न र भविष्यमा होटेल खुलेपछि कर्मचारी माग हुँदा उपयुक्त पदमा आवेदन दिन सकिने उल्लेख छ ।

    कर्मचारी युनियनका प्रवक्ता रोहित भट्टराईले कोरोनाका कारण न्यूनतम तलबमा चित्त बुझाउन तयार हुँदाहुँदै रोजगारी नै खोसेपछि आन्दोलनमा जानुको विकल्प नभएको बताए । उनले नेपाली कामदारलाई निश्कासन गरेको तर विदेशीलाई निश्कासन नगरिएको आरोप लगाए । होटलका एचआरका म्यानेजर इन्द्र भट्टराईसँग पटक–पटक फोन गर्दा सम्पर्क हुन सकेन ।

    चार वर्षअघि ६ अर्बभन्दा बढी लगानीमा तिलोत्तमा नगरपालिका–१३ कोटहिवामा १४ विगाह क्षेत्रफलमा  पाँचतारे होटेलका रुपमा टाइगर वान प्रालिअन्तर्गत टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा आएको थियो ।majdur2.png

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology