Logo बिहिवार, आश्विन १ गते २०८३
images

कामना सेवा विकास बैंकद्वारा अटो भिलेजका व्यवसायीहरुलाई क्यू आर कोड वितरण

कामना सेवा विकास बैंकद्वारा अटो भिलेजका व्यवसायीहरुलाई क्यू आर कोड वितरण

  • 4.0K
    SHARES

  • कामना सेवा विकास बैंकद्वारा अटो भिलेजका व्यवसायीहरुलाई क्यू आर कोड वितरण

    बुटवल,चैत २०-

    कामना सेवा विकास बैंकले नेपालकै नमुना अटो भिलेज मैनावगरका अटो व्यवसायीहरुलाई क्यू आर कोड वितरण गरेको छ ।

    बुटवल अटो इन्जिनियरिङ एशोसियसनको रजत जयन्ती वर्षको उपलक्ष्यमा आयोजित  मूल समारोहमा क्यू आर कोड वितरण गरेको हो ।

    सो अबसरमा लुम्विनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले कामना सेवा विकास बैङ्कको क्यू आर कोड एशोसियसनका अध्यक्ष बावुलाल पाण्डेलाई हस्तान्तरण गर्नुभयो ।

    साथै अध्यक्ष पाण्डे र बैकंका बुटवल कलस्टर प्रमुख खिमलाल भुषालले अन्य व्यवसायीहरुलाई सो कोड हस्तान्तरण गर्नुभयो । नेपालकै नमुना अटो भिलेज डिजिटल बैकिङ्गमा आवद्ध भएकोमा मन्त्री चौधरीले खुसी व्यक्त गदै कामना सेवा विकास बैकंलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

    त्यस्तै क्यास लेस अवधारणालाई साकार पार्न कामना सेवा विकास बैकंले मैनावगरका ८२७ व्यवसायीलाई कोड वितरण गर्ने योजना अनुरुप पहिलो चरणमा करीव ५० व्यवसायीले क्यू आर कोड लिएका छन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology