Logo बिहिवार, आश्विन १ गते २०८३
images

कोराेना भन्दा खतरनाक क्षयरोग : औषधी किन्न पैसा लाग्दैन,उपचारमा हेलचेक्र्याइँ नगराैँ !

कोराेना भन्दा खतरनाक क्षयरोग : औषधी किन्न पैसा लाग्दैन,उपचारमा हेलचेक्र्याइँ नगराैँ !

  • 6.4K
    SHARES

  • कोराेना भन्दा खतरनाक क्षयरोग : औषधी किन्न पैसा लाग्दैन,उपचारमा हेलचेक्र्याइँ नगराैँ  !

    बुटवल,चैत्र ११-

    विश्व स्वास्थ्य संगठनको आंकलनका अनुसार नेपालमा वार्षिक रुपमा करिव २ हजार २०० औषधि प्रतिरोधी क्षयरोगका बिरामी थपिने गरेका छन्।

    नेपालमा बर्षेनी करिब ५ देखि १७ हजार मानिसको मृत्यु क्षयरोगको कारण हुनेगर्दछ । यहाँ ४४ हजार मानिस क्षयरोगबाट प्रभावित छन् ।क्षयरोग अर्थाट टिबी ,कुनैबेला खतरनाक मानिन्थ्यो ।

    अहिले क्षयरोग त्यती भयावह छैन र निर्मूल पनि भएको छैन ।यो संक्रामक रोग हो, जो दोस्रो व्यक्तिलाई सजिलै सर्न सक्छ ।क्षयरोग भएमा यसले छाती तथा फोक्सोलाई असर पार्ने गर्छ । हाच्छ्यिुँ गर्दा, खोक्दा पनि यसको जिवाणु सजिलै अर्को व्यक्तिमा सर्न सक्छ ।

    गत आर्थिक वर्ष २०७६-७७ मा औषधि प्रतिरोधी क्षयरोगका ३८४ जना बिरामीलाई नियमित उपचारमा ल्याइएको थियो।अझै ८३ प्रतिशत औषधि प्रतिरोधी क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउन नसकिएको लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा मंगलबार आयाेजित कार्यक्रममा स्वास्थ्य कार्यालय रूपन्देहीका क्षय/कुष्ट निरिक्षक टीकाराम अधिकारीले नागरिक अनलाइनलाइ बताए । 

    औषधि प्रतिरोधी क्षयरोगको बिरामी बढ्दै गर्दा उनीहरुको प्रभावकारी व्यवस्थापनमा सरकारलाई चुनौती थपिएको उनले बताए।

    क्षयरोगका बिरामीहरुलाई लामो अवधिसम्म उपचार केन्द्रमा आई दैनिक औषधि सेवन गर्न असहज भएको भन्दै सरकारले आगामी ५ वर्षभित्रमा नेपालमा सबै जिल्लाहरुमा बिरामीको घरमै औषधि खुवाउन समुदायमा आधारित क्षयरोग उपचार व्यवस्थापन कार्यक्रमको विस्तार गर्ने तयारी थालेको लुम्बिनी प्रादेशिक अस्पताल डट्स क्लिनिकका ईन्चार्ज सत्यराज शाक्यले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    लुम्बिनी प्रदेशमा ५ हजार ६ सय ६२ जना :

    कार्यक्रममा जिल्ला जनस्वस्थ्य कार्यालय प्रमुख डा राजेन्द्र कुमार गिरीले डिआर टिवि उपचार धेरै कठिनाई हुने गरेको बताए ।

    रुपन्देही जिल्लामा ९२ वटा स्वस्थ्य केन्द्रबाट आषधी उपचार उपलब्ध रहेको उनले बताए ।लुम्बिनी प्रदेशमा ५ हजार ६ सय ६२ जना तथा प्रदेशभित्र रुपन्देहीमा सबैभन्दा धेरै १ हजार १ सय ६३ जना विरामी छन ।

    कहाँ-कहाँ देखिन्छ क्षयरोग ?

    १.  फाेक्साेमा देखिने

    २. फाेक्साे बाहिर

     फाेक्साे छातीमा क्षयरोगको संक्रमण भएमा विभिन्न लक्षण देखा पर्ने गर्छ ।

    जस्तै–

    – तीन हप्तासम्म पनि खोकी निको नहुने

    – लामो समयसम्म९९-१०० ज्वरो आउने

    – खान मन नलाग्न

    – तौल कम हुने

    – खकारमा रगत देखिने

    – थकान महसुस हुने

    –  राती पसिना आउने गर्छ

    त्यस्तै, छाती बाहिर संक्रमण भएमा खान मन नलाग्ने, तौल कम हुने गर्छ । तर यसका साथै अन्य लक्षण देखा पर्छ । जस्तै, मृगौलाको क्षयरोग लागेमा पिसाबबाट रगत देखिने, हड्डीको क्षयरोग भएमा ढाड दुख्ने, ढाड कुप्रो पर्ने इत्यादी हुन्छ ।

    त्यसमध्ये फोक्सोमा हुने क्षयरोगमा स्पुक्टम पोजेटिभ हुने गर्दछ । स्पुटम पोजेटिभ भएमा खोक्दा, हाच्छ्यिुँ गर्दा हावाको माध्यमद्धारा यो रोग एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने गर्छ ।

    कसलाई र किन  ?

    विशेषगरी, कम प्रतिरोधात्मक क्षमता भएका व्यक्तिलाई सजिलै आक्रमण गर्न सक्ने यो क्षयरोगका किटाणु जो सुकैको शरीरमा रहेको हुन्छ ।

    यद्यपी, कमजोर रोग प्रतिरोधात्मक क्षमता हुनासाथ त्यस्ता व्यक्तिलाई यो रोगले सजिलै आक्रमण गर्दछ ।शरीरमा पोषणको कमी, कुपोषण, सन्तुलित आहार, गलत खानपान लगायतका कारण पनि शरीरको रोग प्रतिरोधात्मक क्षमता कम हुने गर्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएमा क्षयरोगका व्याक्टेरियाले शरीरमा सजिलै संक्रमण गर्ने गर्छ ।

    बद्लिदो जीवनशैली तथा गलत खानपानका कारण पनि अहिले नेपाली समाजमा क्षयरोग रोग ठूलो चुनौतीको रुपमा देखा परेको छ । त्यसैले, यसलाई नियन्त्रण गर्नको लागि समयमै रोगको पहिचान आवश्यक छ ।

    कसरी थाहा पाउने ?

    – छातीको एक्सरे

    – खकार जाँच

    – जेन एक्सपर्ट मेसिनद्धारा दुई घण्टामै रोेग पत्ता लगाइन्छ

    – प्रतिरोधात्मक क्षमता जाँच गर्ने

    – रगत कल्चर गर्ने

     क्षयरोग कसरी नियन्त्रण गर्ने ?

    – जनचेतना

    – प्रारम्भिक जाँच

    – व्यवस्थापन

    सामान्य खोकी र क्षयरोग :

    दुई हप्तासम्म पनि निरन्तर खोकी लागेको छ भने क्षयरोग नै रोग लागेको हो भन्ने हुदैन । किनभने नेपालको बढ्दो वायु प्रदुषणका कारण पनि पछिल्लो समय मानिसहरुलाई छाती तथा फोक्सोको संक्रमण अधिक मात्रामा हुने गरेको छ ।

    यद्यपी, दुई हप्ता भन्दा बढी समय खोकी लागेको छ र विभिन्न औषधीको प्रयोगबाट पनि उक्त खोकी निको भएको छैन र उक्त खोकी प्रति औषधीले कुनै प्रतिक्रिया जनाएको छैन भने त्यस अवस्थामा क्षयरोगको जाच गर्न अत्यावश्यक मानिन्छ । त्यस्तै, लगातारको खोकीको साथमा उक्त व्यक्तिमा तौल कम हुँदै गएको छ, खान मन लाग्दैन, खकारमा रातो रगत देखिन्छ भने पनि त्यसबेला क्षय रोग भएको शंका गर्न सकिन्छ ।

    औषधी निशुल्क पाइन्छ है !

    नेपालमा क्षयरोगीहरुलाई मध्यनजर गर्दै सरकारले क्षयरोगीहरुलाई निशुल्क औषधी वितरण गर्दै आएको छ ।

    तर अस्पतालसम्म पहुँच नपुग्दा, भौगोलिक विकटता तथा मानिसहरु क्षयरोग केन्द्रमा जान हिच्किचाउने गर्नाले पनि मानिसहरुले सुचीकृत स्वास्थ्य संस्थाहरुबाट त्यो सुविधा पर्याप्त मात्रा लिन सकेका छैनन् ।

    नेपालमा क्षयरोगका बिरामी : प्रत्येक वर्ष ६९ हजार जना थपिन्छन्,१ दिनमै जान्छ ४६ को ज्यान !

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology