Logo बिहिवार, आश्विन १ गते २०८३
images

शाइन रेसुंगा बैंकको ७७औँ शाखा पोखरामा सञ्चालन

शाइन रेसुंगा बैंकको ७७औँ शाखा पोखरामा सञ्चालन

  • 6.0K
    SHARES

  • शाइन रेसुंगा बैंकको ७७औँ  शाखा पोखरामा सञ्चालन

    बुटवल,चैत ३-

    शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कास्कीको पोखरामा ७७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको शाइन रेसुंगाले गण्डकी प्रदेशको राजधानी पोखरामा पहिलो शाखा विस्तार गरेको हो ।

    कार्यालयको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक इश्वरीप्रसाद भट्टराईले उद्घाटन गरे ।

    सो अवसरमा बोल्दै निर्देशक भट्टराईले उत्पादनशील क्षेत्रमा कर्जा लगानी बृद्धि गरी अर्थतन्त्रमा टेवा पुर्‍याउन सुझाव दिए । उनले बजारको गहिरो अध्ययन गरेर लगानी गर्न र डिजिटल बैकिङलाई प्राथमिकता दिन पनि सुझाव दिए ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले सातै प्रदेशमा शाखा सञ्जाल विस्तारको क्रममा गण्डकी प्रदेशको राजधानी पोखरामा आइपुगेको बताए । बैंकले सबैसंग हातेमालो गरेर गण्डकी प्रदेशको आर्थिक विकास र समृद्धिमा योगदान पुर्‍याउने बताए ।

    गण्डकी प्रदेशको बागलुङको बुर्तिबाङमा पनि बैंकको शाखा सञ्चालनमा छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले स्थानीय माग र आवश्यकता अनुसार कर्जा लगानी गरिने बताए ।

    देशभरका ८ वटा राष्ट्रियस्तरका विकास बैंकमध्ये शाइन रेसुंगा लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय रहेको एक मात्र विकास बैंक हो । ३३ अर्ब निक्षेप संकलन तथा ३० अर्ब कर्जा लगानी गरेको बैंकका ४ लाख बढी ग्राहक छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology