Logo बिहिवार, आश्विन १ गते २०८३
images

मृगौला पीडित पुनमलाई तरुण दल तिलोत्तमाद्वारा ५५ हजार आर्थिक सहयोग

मृगौला पीडित पुनमलाई तरुण दल तिलोत्तमाद्वारा ५५ हजार आर्थिक सहयोग

  • 3.4K
    SHARES

  • मृगौला पीडित पुनमलाई तरुण दल तिलोत्तमाद्वारा  ५५ हजार आर्थिक सहयोग

    बुटवल, चैत्र २-

    राजनीतिक गतिविधि संगै सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रममा क्रियाशिल रहंदै आएको नेपाल तरुण दल तिलोत्तमा नगर समिति रुपन्देही मानविय सेवामा समेत क्रियाशिल रहेको छ ।

    सामाजिक उत्तरदायित्व र मानविय सेवा अन्तर्गत तरुण दल नगर समितिले तिलोत्तमा नगरपासिलका वडा नम्वर निवासी दुबै मृगौला फेल भएकी पुनम गिरीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

    तरुण दलका सदस्य केवल गिरीकी बहिनी पुनम गिरिको दुबै मृगौला फेल भएकाले उनको स्वास्थ्य उपचारका लागि तरुण दलको सक्रियतामा संकलन गरिएको नगद ५५ हजार सहयोग स्वरुप प्रदान गरिएको तरुण दलका नगर अध्यक्ष खिम क्षेत्रीले जानकारी गराउनु भयो ।

    आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य काजिमान श्रेष्ठ, तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, तरुण दलका पुर्ब जिल्ला अध्यक्ष चिरन्जिवी पौडेल, तरुण दलका केन्द्रिय पार्षद बिजेश न्यौपाने, तरुण दल क्षेत्र नं. ३ क्षेत्रिय सभापति किशोर सुबेदि, २ का सभापति प्रकाश गैरे, नेपाली काँग्रेस तिलोत्तमा नगर सहसचिव सन्जिब बश्याल, बि.पी बिचार समाजका नगर सभापति कल्याण पौडेललगायतले मृगौला पीडितलाई  आर्थिक सहयोग गरेर तरुण दल तिलोत्तमा नगर समितिले उदाहरणिय र प्रशंसनिय काम गरेको बताउनु भयो ।

    दलका नगर सभापति खिम क्षेत्रीले पुनमको स्वास्थ्य उपचारमा थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको र आगामी दिनमा पनि सहयोगका कार्यक्रमलाई निरन्तरता दिइने बताउनु भयो । तरुण दल तिलोत्तमा नगर समितिले समाजमा ब्याप्त विसंगति र विकृतिका विरुद्ध समाजलाई सुसुचित गर्नुका साथै स्वास्थ्य र खेलकुद क्षेत्रका गतिविधि समेत संचालन गर्दै आएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology