Logo मंगलवार, श्रावण १२ गते २०८३
images

म्यानमारमा लोकतन्त्र बहाली गर्न अन्तराष्ट्रिय समुदायको दबाब जरुरी : शान्ति समाज सभापति खनाल

म्यानमारमा लोकतन्त्र बहाली गर्न अन्तराष्ट्रिय समुदायको दबाब जरुरी : शान्ति समाज सभापति खनाल

  • 4.5K
    SHARES

  • म्यानमारमा लोकतन्त्र बहाली गर्न अन्तराष्ट्रिय समुदायको दबाब जरुरी : शान्ति समाज सभापति खनाल

    बुटवल,चैत्र २-

    मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोबिन्द खनालले बर्मामा लोकतन्त्र बहाली गर्न अन्तराष्ट्रिय समुदायको दबाब जरुरी रहेको बताएका छन् ।

    उनले सैन्य कु मान्य नहुने भन्दै नागरिक हत्यामा भैरहेको दमन तत्काल बन्द गर्न माग गरे । उनले राजनैतिक बन्दीको तत्काल रिहाइको माग समेत गरे ।

    मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले आज बुटवलमा गरेको बिरोध प्रदर्शनमा बोल्दै सभापति खनालले म्यानमारका प्रधानमन्त्री आङ साङ सूचीको रिहाइको माग समेत गरे ।santi samaj nepal.jpg

    सो अबसरमा बोल्दै समाजका केन्द्रिय सदस्य बिष्णु भुसालले बर्माको दमनकारी नीति अन्त्य गरेर लोकतन्त्रको पुर्नबहालीको बिकल्प नभएको बताए । म्यानमारमा भइरहेको सैनिक शासन र हत्याको बिरोधमा बुटवलको राजमार्ग चौराहामा बिहान १० बजेदेखि ११ बजेसम्म बिरोध प्रदर्शन गरिएको समाजका रुपन्देही शाखा सभापति डीपी खनालले बताए । 

    उपसभापति कृष्ण भट्टराइको स्वागत तथा जिल्ला सचिब कपिल ज्ञवालीको संचालनमा कार्यक्रम भएको थियो ।  म्यानमारमा नागरिकमाथि सुरक्षा फौजले चलाएको गोली लागेर ३८ जनाको मृत्यु भएको छ ।

    म्यानमारमा भइरहेको हत्या र दमनको विरोध एवं राजनीतिक बन्दीहरूको विना सर्त रिहाइ र लोकतन्त्र बहालीको मागसहित मानव अधिकार तथा शान्ति समाजले आज देशैभर कार्यक्रम गरेको थियो ।

    म्यानमार घटनाको बिराेधमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा बुटवलमा प्रदर्शन

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology