बुटवल,चैत्र २-
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले आज बुटवलमा बिराेध प्रदर्शन गर्दै छ । म्यानमारमा भइरहेको सैनिक शासन र हत्याको बिराेधमा बुटवलको राजमार्ग चाैराहामा बिहान १० बजे प्रदर्शन गरिने समाजका रुपन्देही शाखा सभापति डिपि खनालले नागरिक अनलाइनलाइ जानकारी दिए ।
साे प्रदर्शनमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गाेबिन्द खनालले सम्बाेधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै कार्यक्रममा समाजका केन्द्रिय सचिब मिना ढकाल ,केन्द्रिय सदस्य बिष्णु भुषाल ,जिल्लाका पूर्व सभापतिहरु तथा शान्तिप्रेमी सराेकारवालाको सहभागिता रहने जनाइएको छ ।
म्यानमारमा भइरहेको हत्या र दमनको विरोध एवं राजनीतिक बन्दीहरूको विना सर्त रिहाइ र लोकतन्त्र बहालीको मागसहित मानव अधिकार तथा शान्ति समाजले आज देशैभर कार्यक्रम गर्दै छ ।
म्यानमारमा लोकतन्त्र बहाली गर्न अन्तराष्ट्रिय समुदायको दबाब जरुरी : शान्ति समाज सभापति खनाल
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)