Logo बिहिवार, आश्विन १ गते २०८३
images

पश्चिम नेपाल बस व्यवसायी प्राली : दधिराम खरेल समहुको बहुमत

पश्चिम नेपाल बस व्यवसायी प्राली : दधिराम खरेल समहुको बहुमत

  • 3.3K
    SHARES

  • पश्चिम नेपाल बस व्यवसायी प्राली :  दधिराम खरेल समहुको बहुमत

    बुटवल, चैत १-

    पश्चिम नेपाल बस व्यवसायी प्रालीको सञ्चालकको लागि भएको चुनावमा दधिराम खरेलको समहुले बहुमत संख्या जितेको छ। ११ जना सञ्चालकको लागि शनिवार भएको चुनावमा खरेलको समुहका ८ जना सञ्चालकमा निर्वार्चित भएका छन्।

    पदम गाहाको समुहबाट ३ जना सञ्चालक चुनिएका छन्। प्रालिको निर्वाचनमा दधिराम खरेलले १३३८ मत प्राप्त गरेका छन्, खरेलको समूहका जीवनकुमार बञ्जाडेले १५३० मत, रामचन्द्र भुसालले १३८६ मत, मोहन पीएसले १४८४ मत, चेतनारायण बेलवासेले १३५७ मत, नारायणप्रसाद घिघिरेले ११४६ मत, गोपाल पौडेल १२९० मत र कृष्णप्रसाद सापकोटा ११४९ मत सहित विजयी भएका छन ।

    पदम गाहाले १३८९ मत प्राप्त गरे । उनको समूहका कृष्णप्रसाद पाण्डेले १११७ मत र सुरेन्द्र श्रेष्ठले १४२२ मतसहित विजयी भएको निर्वाचन अधिकृत यानेन्द्र जीसीले जानकारी दिए ।

    खरेलको समुहमा एमाले माओवादी निकट व्यवसायी थिए। भने गाहा समुहमा काग्रेस निकट व्यवसायीहरु रहेका थिए।  नतिजासँगै दधिराम खरेल पुन अर्को कार्याकालको लागि पश्चिम नेपाल बस व्यवसायी प्रालिको अध्यक्ष बन्ने बाटो खुलेको छ। चुनिएका ११ जना सञ्चालकले अध्यक्ष चयन गर्ने व्यवस्था छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology