Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

बागलुङको गलकोट हटिया स्वास्थ्य चौकीको भवन उद्घाटन

बागलुङको गलकोट हटिया स्वास्थ्य चौकीको भवन उद्घाटन

  • 5.4K
    SHARES

  • बागलुङको गलकोट हटिया स्वास्थ्य चौकीको भवन उद्घाटन

    बागलुङ,फागुन २९ - 

    बागलुङको गलकोट स्थित हटिया स्वास्थ्य चौकीको भवन तथा प्रयोगशालाको शुक्रबार  एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । 
    स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले स्वास्थ्य र शिक्षा जस्ता आधारभुत आवश्यकता स्वयम राज्य आफैले पुरा गर्नुको सट्टा स्थानिय स्तरमा जिम्मेबारी सुम्पने गरेको बताउनुभयो ।

    उहाँले कुनै पनि संरचना निर्माण गर्नको लागि जग्गा व्यवस्थापन गर्नु आफैमा जटिल विषय भएको भन्दै जनता र जग्गा व्यवस्थापन समिति मिलेर नै स्वास्थ्य चौकीको भवन निर्माण गरि सेवा प्रवाह भईरहेकोमा खुसि व्यक्त गर्नुभयो ।

    गैरेले फरक प्रसंगमा देशको वर्तमान राजनितिमा अहिले ठुलो विचलन् आएको भन्दै गत निर्वाचनमा सत्ता स्थायित्वको मत लिएर आएका राजनैतिक दलले अहिले आफैलाई सम्हाल्न नसकि देशलाई नै अराजकता तर्फ लैजाने खेल खेलेको बताउनुभयो । गैरेले सत्ता स्थायित्वकोे लागि जनताले दिएको मतको कदर नभएको  भन्दै अबको निर्वाचनमा जनताले नै त्यसको गतिलो जवाफ दिने समेत बताउनुभयो । 

    त्यस्तै गलकोट नगरपालिकाद्धारा निर्माण गरिएको हटिया स्वास्थ्यचौकी प्रयोगशालाको उद्घाटन गर्दै नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचाले स्वास्थ्य नै मानिसको सबैभन्दा ठुलो धन रहेको भन्दै गलकोट नगरपालिकाको स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनका लागि सरकारी र निजी अस्पतालले समेत सँगै सहकार्य गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रम कै अबसर मा स्वास्थ्य चौकी मा नीर्माण गरीयको प्रतीक्षालय को गल्कोट नगरपालिका वडा न ३ का वडा अध्यक्ष एबम स्वास्थ्य चौकी व्यवस्थापन समिती अध्यक्ष विरजङ भन्डारी ले उद्घाटन गर्नु भयको थियो ।


    कार्यक्रममा नेकपा एमालेका डम्मर श्रीस, नेपाली क्रागेशका मुकुन्दसिंह भण्डारी, नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्रका तिलक उप्रेती, राष्ट्रिय जनमोर्चाका टंक केसी, गलकोट नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नर बहादुर खत्री, गलकोट नगरकार्यपालिका सदस्य शिव कुमारी खत्री, सामुदायिक प्रहरी सेवा केन्द्र गलकोटका अध्यक्ष मञ्जु शर्मा चालिसे, गलकोट नगरपालिका वडा नं ३ का वडा सदस्य झहर बहादुर खत्री, स्वास्थ्य स्वयमसेविका लक्ष्मी खड्का, जग्गादाता श्यामसुन्दर श्रेष्ठ, स्वास्थ्य चौकी जग्गा व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद शर्मा, स्वास्थ्य चौकी जग्गा व्यवस्थापन समितिका उपाध्यक्ष खिम साहानी लगायतले मनत्व्य व्यक्त गर्नुभएको थियो । 

    कार्यक्रममा स्वास्थ्य चौकी जग्गा व्यवस्थापन समितिका सचिव सन्त बहादुर खत्रीले जग्गादाता तथा सहयोगदाताहरुको विवरण र जग्गा व्यवस्थापन समितिका कोषाध्यक्ष दिलुप्रसाद सुवेदीले स्वास्थ्य चौकीको चिनारी सँगै स्वास्थ्य चौकीको जग्गा व्यवस्थापनको ३९ लाख १४ हजार ९ सय ३७ आय व्यय प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा स्वास्थ्यचौकी निर्माण गर्नका लागि सहयोग गर्नुहुने जग्गादाता, चन्दादाता, हटिया स्वास्थ्य चौकीका भुतपुर्व स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयमसेविका लगायतलाई सम्मान गरिएको थियो ।

    कार्यक्रम हटिया स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष विरजंग भण्डारीको अध्यक्षता उपाध्यक्ष रत्नाकला अधिकारीको स्वागत र गलकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख मिनराज गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology