Logo सोमवार, कार्तिक १० गते २०८३
images

अकोराबको अध्यक्षमा दाङका अर्जुन गिरी विजयी,महासचिवमा गोरखाका थापा

अकोराबको अध्यक्षमा दाङका अर्जुन गिरी विजयी,महासचिवमा गोरखाका थापा

  • 2.8K
    SHARES

  • अकोराबको अध्यक्षमा दाङका अर्जुन गिरी विजयी,महासचिवमा गोरखाका थापा

    बुटवल,फागुन २७ - 

    सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को अध्यक्षमा दाङका अर्जुन गिरी विजयी भएका छन्।

    आज बिहान काठमाडौंमा भएको सातौं अधिबेशनबाट कूल खसेको १७८ मतमध्ये गिरीले १६१ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्।

    अध्यक्षका अर्का उम्मेदवार कपिलदेव खनालले १४ मत ल्याएका थिए भने ३ मत बदर भएको थियो। यस्तै अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा विष्णुदत्त अवस्थी चयन भएका छन्। उपाध्यक्षहरूमा निमेष कर्ण, मिलन गाहा, बन्दना दनुवार, भुवन सिंह चयन भएका छन्। 

    महासचिवमा गोरखाका किशोरजङ्ग थापा चयन भएका छन्। कोषाध्यक्षमा धादिङका सरोज पौडेल र सचिवमा सुदर्शन खतिवडा चयन भएका छन्। 

    गण्डकी प्रदेश अध्यक्षमा गणेश श्रेष्ठ,उपाध्यक्षमा शितल शर्मा तथा  केन्द्रीय सदस्य दिपु पोखरेल सहितको टिम निर्वाचित भएको  छ ।acorab.jpg

    अकोराबमा नेपाली कांग्रेस निकट पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको नेतृत्वमा नेकपा एमाले र जसपालगायत दल निकट पत्रकार गठबन्धन गरेका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, फाल्गुण २७ २०७७०७:०२:५४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology