Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

२ करोडको लगानीमा रुपन्देहीको कोटिहवामा अप्पन रिर्सोट

२ करोडको लगानीमा रुपन्देहीको कोटिहवामा अप्पन रिर्सोट

  • 4.2K
    SHARES

  • २ करोडको लगानीमा रुपन्देहीको कोटिहवामा अप्पन रिर्सोट

    बुटवल,फागुन २६-

    रुपन्देही तिलोत्तमा–१६ कोटिहवामा थारु संस्कृति सहितको अप्पन रिर्सोट सञ्चालनमा आएको छ । युुवा उद्यमी गोरख चौधरीको २ करोड रुपैयाँको लगानीमा रिर्सोट सञ्चालनमा ल्याएका हुुन । रिर्सोटको बुुधबार तिलोत्तमा वडा नम्बर १६ का झविलाल भुसालले उदघाटन गरे । 

    उनले थारु परिकार पस्किने गरी सञ्चालनमा आएको रिर्सोटले आन्तरिक तथा बाहय पर्यटकको रोजाइमा पर्ने बताए । उनले तिलोत्तमामा थारु रिर्सोट आवश्यक रहेको भन्दै अप्पन रिर्सोटले त्यसको पूर्ति गर्ने बताए । 

    सञ्चालक गोखर चौधरीले थारु परिकारहरु पस्किएर ग्राहकलाई नयाँ स्वाद चखाउने बताए । उनले रिर्सोटमा एसी सहितका सुुविधासम्पन्न रुमहरु पनि रहेको बताए । घोगीदेखि घोगीको मम, देखि विभिन्न थारु परिकारहरु पस्किँदै जाने बताए ।

    रिर्सोटमा छिटटै घोगी पालन गर्ने तयारी पनि थालिएको छ । पछिल्लो समय रुपन्देहीका तिलोत्तमा सुुविधासम्पन्न होटल तथा रिर्सोटहरु सञ्चालनमा धमाधम आइरहेका छन् । वडा सदस्य माया चौधरी, जानकी फुुड्स प्रालिका सञ्चालक मोहन चौधरी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार सुुमन श्रेष्ठले गरेका थिए । appan resort tinapa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology