Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

बुटवलमा खुल्याे ४८ भेराईटीसहित मस्त बनारसी पान पसल,नायिका वर्षा राउतले काटिन रिवन !

बुटवलमा खुल्याे ४८ भेराईटीसहित मस्त बनारसी पान पसल,नायिका वर्षा राउतले काटिन रिवन !

  • 10.4K
    SHARES

  • बुटवलमा खुल्याे ४८ भेराईटीसहित मस्त बनारसी पान पसल,नायिका वर्षा राउतले काटिन रिवन !

    बुटवल,फागुन २६ ।

    बुटवलमा मस्त बनारसी पान पसल संचालनमा ल्याईएको छ ।

    ४८ भेराईटीका बिभिन्न पानहरु उपलध भएको बनारसी पान पसलमा सुर्तीजन्य पान भने उपलब्ध नहुने पसलका संचालक प्रविण ज्ञवालीले बताए । भारतमा चर्चामा रहेको बनारसी पान पसलको सहकार्यमा नेपालमै पहिलो पान पसलकारुपमा बनारसी पान पसल संचालनमा आएको ज्ञवालीले दाबी गरे ।

    बुटवल होराइजनचोक कालिकापथ सडक छेउमा आजबाट संचालनमा आएको पान पसलको कलिउडकी चर्चित अभिनेत्री वर्षा राउत र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष राम प्रसाद गौतमले संयुक्तरुपमा उदघाटन गरेका थिए ।

    पसलको शुभारम्भमा राउत सहित सिनेक्षेत्रका कलाकारहरुले सांगितीक प्रस्तुती गरेका थिए ।

    २५ लाख लगानीमा खुलेको पसलले उच्च घराना र धनीवर्गलेमात्र पान खान्छन् भन्ने अवधारणालाई चिर्दै मध्यम र निम्न मध्यम वर्गलाई पनि पानको पहुँच दिन पसल संचालनमा ल्याईएको संचालक ज्ञवालीले नागरिक अनलाइनलाई बताए ।

    संचालक ज्ञवालीका अनुसार न्युनतम ३० रुपैयाँदेखि १५० रुपैयाँ सम्मको पानहरु पसलमा उपलब्ध हुने छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology