बुटवल,फागुन २६-
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्गले नेपालमा भ्रष्टाचार संस्थागत हुँदै गएको बताएकी छन । फोनीज रुपन्देहीले सोमबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै प्रधानाङ्गले सरकारी उदासिनताका कारण भ्रष्टाचार संस्थागत हुँदै गएको बताएकी हुन ।
संस्थागत हुँदै गएको भ्रष्टाचारको जालो तोड्न सरकार र नागरिक समाज गम्भिर भएर लाग्नु पर्नैमा उनले जोड दिइन । सरकारी उदासिनताकै कारण पछिल्लो एक दशक देखि मुलुक भ्रष्टाचारको दलदलबाट बाहिर निस्कन नसकेको उनको भनाइ थियो । ‘टिआइ नेपालले भ्रष्टाचार कहाँ कहाँ छ देखाइदिने हो ।
तर सरकारी पक्षले तथ्याङ्क नै गलत भएको टिका टिप्पणी गरेको सुनिन्छ । त्यसले सरकार भ्रष्टाचार रोक्न उदासिन छ भन्ने प्रष्ट हुन्छ’ प्रधानाङ्गले भनीन । भुकम्प पछि दातृराष्ट्रबाट आएको सहयोगमा समेत भ्रष्टाचार भएको भन्दै उनले शिक्षा,स्वास्थ्य,रोजगार जस्ता अतिसंवेदनशिल क्षेत्रमा समेत भ्रष्टाचार मौलाउदै गएको बताइन ।
भ्रष्टाचार रोक्न सरकारसंगै आम नेपाली नागरिक पनि आ आफनो स्थानबाट लाग्नु पर्ने भन्दै उनले त्यसमा महिलाहरुको सक्रियता अझ बढ्नु पर्ने बताइन । आधा भन्दा धेरै जनसंख्या रहेका महिलाहरुलाइ पाखा राखेर भ्रष्टाचार नियन्त्रण सम्भव नभएको भन्दै उनले भ्रष्टाचार नियन्त्रणको अभियानमा जुटन आग्रह पनि गरीन ।
कार्यक्रम फोनीज रुपन्देहीका अध्यक्ष सोनु थापाको अध्यक्षता र उपाध्यक्ष दिपु मगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
पारदर्शी सरोकारद्वारा ट्रान्सपरेन्सीका अध्यक्ष प्रधानाङ्गलाई सम्मान
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)