बुटवल,फागुन २३-
लायन्स क्लब अफ बुटवल सिद्धबाबा भृकुटीको दशौँ चार्टर दिवसमा विभिन्न ब्याक्तिहरु सम्मानित भएका छन् । कोभिड १९ को बेला निरन्तर फिल्डमा खटिएर चिकित्सा, पत्रकारिता र खेल क्षेत्रबाट योगदान दिएका ब्यक्तित्वहरुलाई सम्मान गरिएको हाे ।
पत्रकारिता क्षेत्रबाट नेपाल पत्रकार महासंघका कोषाध्यक्ष तथा कान्तिपुर टिभिका पत्रकार स्वस्तिक श्रेष्ठ, कोभिड १९ संक्रमणको बेलामा चिकित्सा क्षेत्रबाट योगदान दिएका डा. सुदर्शन थापा, एलिसा सिह न्यौपाने, सबिता अर्याल, साहिल भुषाल, पुजन ज्ञवाली, कल्याण रेग्मी, आशिर्वाद अर्याल, विशाल झा, प्रतिमा भण्डारी, राजेश लिम्बू, रजिस्टार नर्स आश्मा थापा, नर्स जेनिसा राना, नर्स स्वणिर्म क्षेत्रीलाई सम्मानपत्र र दोसल्लाबाट सम्मान गरिएको थियो ।
कोरोना अस्पतालमा दिनरात खटिएर विरामीको सेवा लाग्दाको अनुभव सुनाएका थिए। समाजसेवामा अग्रसर रक्तदान अभियन्ता कृष्ण चौहानलाई सम्मान गरिएको हो । कालिका मानवज्ञान माविका कराते खेलाडी रक्षा शाहीलाई सम्मान गरिएको थियो ।
दशौँ चार्टर दिवसमा भएको कार्यक्रमको नयाँगाउँ मुक्तिनाथ धामका पिठाधिश १००८ स्वामी लोकानन्दले कार्यक्रमको उद्घाटन गर्दै अरुको सहयोग गर्न संस्था जरुरी हुने बताए।
केही प्राप्ति सबैको चाहना हुन्छ जसका लागि लक्ष्य बनाएर अघि बढ्नुपर्ने समेत उनको तर्क छ। सकिँदैन भने आफुका लागि मात्र गर्ने र यदि सकिन्छ भने अरुका लागि गर्न संस्थागत भएर लाग्नुपर्छ - उनले भने। संस्कार, संस्कृतिले मानिसलाइ मिलाउछ, आत्मियता वृद्धि गर्ने, मानवको भावना अनुसार एउटा मालामा जोड्ने काम लायन्स क्लबले गरेको उनले बताए ।
लायन्स डिष्ट्रिक ३२५ बि २ का डिजि एमजेएफ शम्भु नकर्मीले नाम अनुसार क्लब समाजसेवामा योगदान दिने ब्यक्तित्वहरुलाई सम्मान गरेर नमुना काम गरेको बताए । नकारात्मक पक्षबाट समाजमा सकारात्मक पक्षको उजगार हुने उनले दाबी गरे ।
वर्ष २०१८र२०१९ का अध्यक्ष सुस्मा केसीले स्थापनाको एक दशकको समयमा लायन्सको मुलमर्म अनुसार कार्यगर्दा बेग्लै पहिचान बनाउन आफुहरु सफल भएको बताईन। महिलाहरु घरको कामसंगै सामाजिक काममा अग्रसर हुनु धेरै कठिन र चुनौतिको विषय भएको उनले बताए ।
क्लबका अध्यक्ष तुल्सा सिह न्यौपानेले आफ्नो कार्यकालमा धेरै सचेतनाका कार्यक्रमहरु गरेको स्मरण गर्दै अन्य क्लबभन्दा भएको बताईन। सामाजिक कार्यमा महिलाहरु एकताभई क्लबमार्फत सेवारत गरेर नमुना काम गरेको उनको भनाइ छ ।
कार्यक्रममा लायन्स पिडिजि महेन्द्र नारायण श्रेष्ठ, अरुणप्रताप राणा, पुरुषोत्तम प्रधानाङ, एरिया ४ का चिफ सन्दिप कसौधन, ग्लोबल लिडरसिप टिमका डिष्ट्रिक चेयर उमंग देवकोटा, सुनिता बजिमय, टंक गैरे, गुरु देबेन्द्रले सुवेदी, क्लबका सेकेण्ड भिपि कमला पन्थ, सचिव सुमन पछाईले लायन्समध्य नै सिद्धबाबा क्रियाशिल र फरक पहिचान बनाउन सफल भएको भन्दै यसको गरिमा निरन्तरता दिन सुझाव दिए ।
ग्लोबल ग्राण्ड मार्फत मधुमेह, क्यान्सर, आँखा उपचारको क्षेत्रमा लायन्सले योगदान दिदै आएको उनको दाबी छ। कर्म, मेहनत र सेवामा विश्वास गर्ने लायन्स निरन्तर सामाजिक काममा गर्दै आएको उनले बताए ।
नारी दिवसमा महिलाको सम्मान तथा रचनात्मक कार्यक्रम गर्दै आएको उनले बताए । यसैगरि क्लबमा नया सदस्यलाई स्वागत, सम्मान गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)