Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गृहजिल्लामै अर्थमन्त्री बिष्णु पाैडेल यसरी लखेटिए (फाेटाेफिचर)

गृहजिल्लामै अर्थमन्त्री बिष्णु पाैडेल यसरी लखेटिए (फाेटाेफिचर)

  • 6.6K
    SHARES

  • गृहजिल्लामै अर्थमन्त्री बिष्णु पाैडेल यसरी लखेटिए (फाेटाेफिचर)

    बुटवल,फागुन २१-

    रुपन्देहीका जनप्रतिनिधी तथा अर्थमन्त्री विष्णु पौडेलमाथि ढुंगा प्रहार भएको छ।  मोतीपुर औद्योगिक क्षेत्र प्रभावित स्थानीयले नाराबाजीसहित पौडेलमाथि ढुंगा प्रहार गरेका हुन्  ।received_850876918825039.jpeg

    ठूलो सुरक्षा घेराबीच मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरे पनि उनले भाषण गर्न थालेपछि स्थानीयले स्टेजतर्फ ढुंगा प्रहार गर्दै उनीविरुद्ध नाराबाजी गरेपछि बिचमै मञ्च छाेडेर भाग्नुपर्याे ।

    अर्थमन्त्रीलाई भूमाफियालगायतका आरोप लगाउंँदै मञ्चको चारै तर्फबाट नाराबाजी र ढुंगा प्रहार गरेपछि ओली समूहका कार्यकर्ताले पनि जवाफमा ढुंगा प्रहार गरेका थिए । तर प्रहरीले दुबैतर्फबाट भएको ढुंगामुढा रोकेको थियो ।

    प्रहरीले तीनजना स्थानीयलाई कुटपिट गरेर घाइते बनाएको र दुईजनालाई नियन्त्रणमा लिएको स्थानीयको आरोप छ । दुई पक्षबीच ढुंगा हानाहान र लखेटालखेट भएकाे हाे ।

    त्यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले छोटो मन्तव्य राखेका थिए । आक्रोशित स्थानीयले अर्थमन्त्रीले शिलान्यास गरेको औद्योगिक क्षेत्रको शिलास्तम्भ र आयोजनासम्बन्धी जानकारी बोर्ड भत्काइदिएका छन् ।received_338842487522201.jpeg

    स्थानीयले बिहीबार पनि शिलान्यास कार्यक्रमका लागि तयार गरेको स्टेज भत्काइदिएका थिए । मोतीपुरका पूर्वगाविस अध्यक्ष भीमलाल न्यौपानेले स्थानीयले वर्षौंदेखि जोतभोग गर्दै आएको जग्गा, विद्यालय, वन, मठ मन्दिरको जग्गामा औद्योगिक क्षेत्र बन्न लागेपछि विरोधमा उत्रेको बताए । अर्थमन्त्री विष्णु पौडेलले प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पत्रकार सम्मेलन गरे । उनले पर्दा पछाडिबाट औद्योगिक क्षेत्र निर्माणको विरोध भइरहेको बताए ।

    पौडेलले आफ्नो परिचयका साथ पर्दा उघारेर सडकमा आएर विरोध गर्न चुनौती दिए । औद्योगिक क्षेत्र निर्माणको काम रातारात सुरु नभई २०७२ सालदेखि अघि बढेको भन्दै पौडेलले जनताको सहभागितामै बन्ने बताए ।

    देशलाई औद्योगिकरणको दिशामा लैजाने प्रक्रिया सुरु भएको उल्लेख गर्दै उनले मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम नरोकिने बरु तीब्रताका साथ सुरु हुने बताए ।

    received_483915876076910.jpegreceived_922981468449028.jpegreceived_338842487522201.jpegreceived_850876918825039.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology