बुटवल,फागुन २०-
स्थानीयको सहमति बिपरित सरकारीपक्षले रुपन्देहीको मोतिपुर औद्योगिक करिडोरको शिलान्यास गर्ने तयारी गरेपछि स्थानीयले मञ्च नै भत्काइदिएका छन्।
सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले स्थानीयलाइ बेवास्था गर्दै शिलान्यासको तयारी गरेपछि उनीहरूले भोली हुने भनिएको शिलान्यास कार्यक्रमको मुख्य मन्चनै भत्काएका हुन् ।
शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्ने कार्यक्रम तय भएपछि तयार गरिएको मञ्च मोतिपुरका स्थानीयले भत्काइदिएका हुन्। आफूहरूको जग्गामा औद्योगिक करिडोर बनाउन लागेको भन्दै असन्तुष्ट स्थानीयले उक्त मञ्च भत्काइदिएका हुन्।
यसअघि गत १३ गतेको लागि तय भएको शिलान्यास कार्यक्रम स्थगित भएपछि शुक्रबारको लागि तय भएको हो। यसअघि बिहीबार बिहान स्थानीयले पत्रकार सम्मेलन गरी औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रम रोक्न माग गरेका थिए।
उनीहरूले बस्ती र जोतभोगको जग्गा उपलब्ध गराइ बाँकी जग्गामा मात्र औद्योगिक क्षेत्र स्थापना गर्न माग गर्दै अन्यथा सामूहिक आत्मदाह गर्ने समेत चेतावनी दिएका छन्।
याे पनि:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)