बुटवल,फागुन २०-
रुपन्देहीको मोतिपुरका स्थानीयको बैकल्पिक व्यवस्था बिना औद्याेगिक कोरिडोर शिलान्यास हुन नदिने स्थानीयले चेतावनी दिएका छन् ।
मोतिपुर औधोगिक करिडोर पिडितले बिहिबार पत्रकार सम्मेलन गर्दै विहिबार हुने भनिएको शिलान्यास कार्यक्रमलाई रोक्ने चेतावनी दिएका हुन् ।
शुद्धाेधन गाउपालिका ३ मा भएको पत्रकार सम्मेलनमा संघर्ष समितिका रामप्रसाद पाण्डेले राज्यबाट गासबास कपासको ग्यारेन्टी नभएसम्म काम अघि बढाउन नदिने बताए । २०२२ देखी किसानले जोगभोग गरेको जग्गाको लालपुर्जा सरकारको नाममा गराएर लुट्ने काम भएको आरोप लगाए । 
दैनिक पिडामा रहेका स्थानियहरु सरकारबाट समस्या सम्बोधन हुने आशामा रहेको बताए ।
शुद्धाेधन ३ का वडाअध्यक्ष शिव खड्काले कोरिडोर शिलान्यासको विषयमा औपचारिक जानकारी नभएको भन्दै सहकार्यमा संघ चुकेको बताए । दैनिक पिडामा रहेका स्थानियहरु सरकारबाट समस्या सम्बोधन हुने आशामा रहेको बताए ।
युवा नेता किरण नेपालले सरकारलाई किसानले तिरिरहेको भएपनि यहाको बस्तुस्थिति नबुझि कदम चालेको बताए। ईआएए समेत नभए जबरजस्ति रुपमा काम अघि बढाएको भन्दै स्थानिय जनताको बसोबासको ग्यारेन्टी गर्नुपर्ने उनले बताए ।
गत १३ गते अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्ने कार्यक्रम तय भएको भएपनि संसद पुनर्स्थापना भएपछि सृजित परिस्थितीका कारण पौडेलले शिलान्यास गर्ने कार्यक्रम स्थगन गरिएको थियो ।
साे शिलान्यासको कार्यक्रम २० गते शुक्रबार गर्ने सरकारी तयारी छ ।
...त्यसपछि आक्राेशित स्थानीयले भत्काइदिए मोतिपुर औद्योगिक करिडोर शिलान्यास कार्यक्रमको मुख्य मन्च !
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)