Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

अन्तर्राष्ट्रिय गणित सम्मेलन चैतमा,१० देशका २०० बढी गणितज्ञको सहभागिता रहने

अन्तर्राष्ट्रिय गणित सम्मेलन चैतमा,१० देशका २०० बढी गणितज्ञको सहभागिता रहने

  • 2.6K
    SHARES

  • अन्तर्राष्ट्रिय गणित सम्मेलन चैतमा,१० देशका २०० बढी गणितज्ञको सहभागिता रहने

    बुटवल,फागुन १६- 

    आगामी चैत २७ देखि २९ गतेसम्म अन्तर्राष्ट्रिय गणित सम्मेलन हुने भएको छ। नेपाल गणित समाजको आयोजनामा अप्रत्यक्ष माध्यमबाट हुने सम्मेलनमा नेपाललगायत विश्वका १० देशका २०० बढी गणितज्ञको सहभागिता हुने पत्रकार सम्मेलन गरी अध्यक्ष डा.चेतराज भट्टले जानकारी दिए। 

    गणितको महत्व र गणित विधाको अनुसन्धान गर्नका लागि सम्मेलन आयोजना गरिएको उनको भनाइ छ। सम्मेलनमा गणित विषयका २३ विधा समेटिएको छ। सरकारले पनि गणित विषयलाई अवमूल्यन गरिरहेको अवस्थामा गणितको अन्तर्राष्ट्रिय महत्व कति छ भन्ने बुझाउन पनि सम्मेलनले सार्थकता राख्ने उनले उल्लेख गरे। 

    सम्मेलनमा नेपाली गणितज्ञले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो धारणासमेत राख्नेछन्। सम्मेलनबाट गणित विधामा विश्वव्यापी रूपमा भइरहेका अध्ययन अनुसन्धानबारे नेपाली गणितज्ञ परिचित हुने र देशभित्र भइरहेका अध्ययन अनुसन्धान अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने उद्देश्य छ। 

    सम्मेलनमा ५ वटा कार्यपत्र, २५ आमन्त्रित कार्यपत्र प्रस्तुत गरिनेछ। गत वर्ष नै आयोजना गर्न लागिएको सम्मेलन कोरोना भाइरसका कारणले चैतमा हुन लागेको हो। नेपालमा ५० भन्दा बढीले गणितमा विद्यावारिधि र सयभन्दा बढीले एमफिल गरेका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology