बुटवल,फागुन ११-
निशानको नयाँ कार म्यागनाईट रुपन्देहीको बुटवलमा लन्च गरिएको छ ।
निशानको आधिकारिक विक्रेता हाईवे अटो भिल्ला कालिकानगरमा मंगलबार म्यागनाईट बिग बोल्ड बिउटिफुल कार लन्च गरिएको हो ।
अटोभिल्लाका संचालकद्वय दिपक श्रेष्ठ र दिनेश श्रेष्ठका ममतामयी माता श्रीमती शान्तिदेवि श्रेष्ठले दियो बालेर उद्घाटन र कारको लन्च गरेका छन। विश्वमा नै चारपाग्रे सवारीमा निशान उपभोक्तामाझ एक नम्बरमा रुचाईएको सवारीमा पर्दछ ।
जापानिज डिजाईनमा भारतमा निर्माण भएको कार आकर्षण डिजाईन, सुरक्षा प्रणाली अप्नाईएको र आरामदायीको श्रेणीको भएको उनले बताए ।
संचालक दिनेश श्रेष्ठले लन्चिङकै मंगलबारदेखि औपचारिक बुकिङ शुरु भएको बताए । पहिलो दिन ८ वटा सवारी बुक भएको श्रेष्ठले बताए । अहिले यो दुई भेरिएन्टमा कार उपलब्ध रहेको उनले बताए ।
एचआरएओ इन्जिन टर्बो पेट्रोल इन्जिन र १.० बिफोरडी पेट्रोल इन्जिन रहेको छ। २९ लाख ४९ हजार देखि ४२ लाख ७९ लाखसम्मका सवारी रहेको उनले बताए । बेष्ट ईन क्लास फ्युल ईकोनोमी टर्बोमा २० र नर्मल १८ किलोमिटर पर लिटर दिन्छ। समयसापेक्ष सुविधासम्पन्न र नेपालको बाटो उपयोगी कार भएको उनले दाबी गरे ।
कारमा भिडिसि, एससिएल, एयर ब्याग, एबिएससंगै नर्मल अडियो र एप्पल कार प्लेयरका साथै एन्टी लक सिस्टमको सुविधा रहेको छ ।
मंगलबार कार बुक गरेका बुटवलका आशिष भुषाल, प्रवेश मानन्धरलाई साँचो हस्तान्तरण गरिएको छ । यसअघि निशानले स्पोर्ट्स, कम्प्याक्ट कार, क्रसओभर, सेडन क्याटगोरीमा आरिया, माईक्रा, सन्नी, सेन्ट्रा, रफ, अल्टिमा, जुक, सुभस, लगायत कार बजारमा ल्याईसकेको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)