Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

बुटवलका उद्याेगी कसजु कृषि उद्यम केन्द्रको सञ्चालक सदस्यमा मनोनित

बुटवलका उद्याेगी कसजु कृषि उद्यम केन्द्रको सञ्चालक सदस्यमा मनोनित

  • 2.3K
    SHARES

  • बुटवलका उद्याेगी कसजु कृषि उद्यम केन्द्रको सञ्चालक सदस्यमा मनोनित

    बुटवल,फागुन ८- 

    बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष उज्वल कसजु नेपाल उद्योग बाणज्य महासंघ कृषि उद्यम केन्द्रको सञ्चालक समितिको बिशिष्ट आमन्त्रित सदस्यमा मनोनित हुनु भएको छ ।

    बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कसजुलाई नेपाल उद्योग बाणिज्य महासंघ, कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले सञ्चालनक समितिको बिशिष्ट आमन्त्रित सदस्यमा मनोनित गर्नुभएको हो ।

    केहिदिन अघि कसजुलाई नेपाल उद्योग बाणिज्य महासंघले स्थानीय आर्थिक बिकास समितिको बिशेष आमन्त्रितमा मनोनित गरेको थियाे ।

    महासंघका कार्यकारिणी समितीका सदस्य सुरकृष्ण बैद्यको सभापतित्वमा गठित बिशेष आर्थिक बिकास समितिको बिशेष आमन्त्रितमा महासंघका अध्यक्ष शेखर गोल्छाले बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कसजुलाई मनोनित गर्नुभएको हो ।

    महासंघलाई ससक्त रुपमा अंगाडी बढाउने कार्यमा समितिले बिशेष योगदान पु¥याउने र समितिलाई कृयाशिल बनाउने काममा कसजुको पूर्ण सहयोग रहने समेत अध्यक्ष गोल्छाले आशा र विश्वास व्यक्त गर्नुभएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology