काठमाडौँ,असोज २० ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पुष्पा भुसाल महिला उपसभापतिमा निर्विरोध निर्वाचित भएकी छन्।
अन्तिम समयसम्म महिला उपसभापति पदमा भुसालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन्। यसअघि विशेष महाधिवेशनबाट समेत उनी उपसभापति बनेकी थिइन्।
पूर्वउपसभामुखसमेत रहेकी भुसाल अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधि बनेकी हुन्। विशेष महाधिवेशनअघि उनी तत्कालीन सभापति शेरबहादुर देउवानिकट मानिन्थिन्।
महिला उपसभापतिमा निर्विरोध चयन भएसँगै कांग्रेसको नयाँ नेतृत्व संरचनामा भुसालको निरन्तरता कायम भएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)