काठमाडौँ,असोज १८ ।
नेपाली कांग्रेसले पार्टीका ज्येष्ठ सदस्य एवं प्रजातन्त्र सेनानी मथुराप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ ।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रका क्रममा आइतबार खुलामञ्चमा आयोजित कार्यक्रममा पार्टी सभापति गगनकुमार थापाले श्रेष्ठलाई प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभएको हो ।
गुल्मीको तम्घास निवासी ९४ वर्षीय श्रेष्ठले २००७ चैत २६ गते १८ वर्षको उमेरमा तत्कालीन पार्टी सभापति मातृकाप्रसाद कोइरालाबाट कांग्रेसको सदस्यता लिनुभएको थियो । उहाँ पार्टीको सबैभन्दा पुरानो सदस्यका रूपमा रहनुभएको छ । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)