Logo सोमवार, कार्तिक १० गते २०८३
images

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ को सभापतिमा पुन: प्रजापाल गिरी

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ को सभापतिमा पुन: प्रजापाल गिरी

  • 1.2K
    SHARES

  • नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ को सभापतिमा पुन: प्रजापाल गिरी

    बुटवल,असोज १६ । 
    नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ को सभापतिमा प्रजापाल गिरी निर्वाचित भएका छन् । उनले ४८५ मत पाएर बिजयी भए ।

    नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनअन्तर्गत सम्पन्न क्षेत्रीय अधिवेशनबाट गिरीले निकटतम प्रतिस्पर्धी प्रशन कोइरालाले ३२८ मत पाए । गिरीले कोइरालालाइ १५७ मतान्तरले पराजित गर्दै दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् ।

    पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र गतिशील बनाउने प्रतिबद्धतासहित गिरीले पुनः नेतृत्वको जिम्मेवारी पाएका हुन् । पहिलो कार्यकालमा संगठन निर्माण र पार्टीका गतिविधिलाई सक्रिय बनाउन खेलेको भूमिकालाई निरन्तरता दिँदै आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्ने अपेक्षा गरिएको छ ।

    निर्वाचित भएपछि गिरीले आफूलाई विश्वास गरेर जिम्मेवारी प्रदान गर्ने क्षेत्रीय प्रतिनिधि, पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै सबैलाई समेटेर अघि बढ्ने बताए ।

    उनले भने, “यो मेरो व्यक्तिगत विजयभन्दा पनि पार्टी संगठनप्रति विश्वास गर्ने सम्पूर्ण साथीहरूको विजय हो । आगामी दिनमा सबैको भावना र सुझावलाई समेट्दै संगठनलाई थप मजबुत र एकताबद्ध बनाउनेछु ।”

    गिरीले प्रतिस्पर्धाका क्रममा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै निर्वाचनमा प्रतिस्पर्धा गरेका कोइरालालगायत सबैलाई साथमा लिएर पार्टीलाई थप बलियो बनाउने प्रतिबद्धता जनाएका छन् ।

    केन्द्रीय सभापति गगन थापा निकट गिरी दोहोरिएसंगै नेपाली कांग्रेसको स्थानीय संगठनलाई थप सक्रिय बनाउने, कार्यकर्ताबीचको समन्वय बढाउने तथा आगामी राजनीतिक गतिविधिमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology