Logo बुधवार, आश्विन १४ गते २०८३
images

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ लुम्बिनी प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ लुम्बिनी प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

  • 42
    SHARES

  • सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ लुम्बिनी प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

    बुटवल ,असोज १३ ।

    सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन बुटवलमा सम्पन्न भएको छ।   दुइदिने कार्यक्रम प्रदेश अध्यक्ष चोरामणि पौडेलको अध्यक्षता तथा नवराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।  

    कार्यक्रममा विशिष्ट अतिथिका रूपमा महासङ्घका केन्द्रीय अध्यक्ष काशीनाथ दङ्गाल, केन्द्रीय सचिव कमला पन्थी, केन्द्रीय सदस्य जनक वि.क., विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको बाक्लो उपस्थिति रहेको थियो।  

    कार्यक्रमका सभापति एवं प्रदेश अध्यक्ष चोरामणि पौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विद्यालय व्यवस्थापन समितिको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो।

    उहाँले महासङ्घले लुम्बिनी प्रदेशका सामुदायिक विद्यालयहरूमा प्राविधिक तथा व्यावहारिक शिक्षाको प्रवर्धनका साथै भौतिक एवं व्यवस्थापकीय सुधारका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। IMG_0556.jpeg

    कार्यक्रमका प्रमुख अतिथि कञ्चन गाउपालिका अध्यक्ष नवराज ढकालले सामुदायिक विद्यालयहरूको समग्र विकासका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार तथा व्यवस्थापन समितिबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिनुभयो।IMG_0555.jpeg

    उहाँले विद्यालयहरूमा पारदर्शिता, जवाफदेहिता र गुणस्तरीय शिक्षा कायम गर्न व्यवस्थापन समितिका पदाधिकारीहरूलाई सक्रिय भएर लाग्न आग्रह गर्नुभयो। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, आश्विन १४ २०८३१२:२०:४१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology