Logo बुधवार, आश्विन १४ गते २०८३
images

रुपन्देही क्षेत्र न २ : छाया पोखरेलद्वारा क्षेत्रीय सचिवमा उम्मेदवारी घोषणा

रुपन्देही क्षेत्र न २ : छाया पोखरेलद्वारा क्षेत्रीय सचिवमा उम्मेदवारी घोषणा

  • 111
    SHARES

  • रुपन्देही क्षेत्र न २ : छाया पोखरेलद्वारा क्षेत्रीय सचिवमा उम्मेदवारी घोषणा

    बुटवल,असाेज १३ ।

    नेपाली कांग्रेस बुटवलका निवर्तमान नगर सचिव छाया पोखरेलले रुपन्देही क्षेत्र न २ को क्षेत्रीय सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।

    पोखरेलले पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र सक्रिय बनाउने उद्देश्यसहित क्षेत्रीय सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। बुटवल नगरको संगठनमा सचिवको जिम्मेवारी सम्हालिसकेका पोखरेलले आफ्नो अनुभवलाई क्षेत्रीय तहमा उपयोग गर्ने बताएका छन्।

    उनको उम्मेदवारी घोषणासँगै नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनमा सचिव पदका लागि प्रतिस्पर्धा थप रोचक बनेको छ। पोखरेलले पार्टीका नेता तथा कार्यकर्ताबीच समन्वय गर्दै संगठनलाई जनतासँग अझ नजिक जोड्ने आफ्नो प्राथमिकता रहेको बताएका छन्।

    विद्यार्थी राजनीतिबाट अघि बढेका उनले नगर तहमा काम गरेको अनुभवलाई क्षेत्रीय संगठन विस्तारमा उपयोग गर्ने बताउँदै पोखरेलले पार्टीको नीति, विचार र संगठनलाई प्रभावकारी रूपमा अघि बढाउन आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology