Logo सोमवार, कार्तिक १० गते २०८३
images

रुपन्देही क्षेत्र नं. २ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा हरिप्रसाद अर्यालको उम्मेदवारी

रुपन्देही क्षेत्र नं. २ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा हरिप्रसाद अर्यालको उम्मेदवारी

  • 2.4K
    SHARES

  • रुपन्देही क्षेत्र नं. २ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा हरिप्रसाद अर्यालको उम्मेदवारी

    बुटवल,असोज १३ ।

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नं. २ बाट हरिप्रसाद अर्यालले महाधिवेशन प्रतिनिधि (खुला) पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

    लामो समयदेखि नेपाली कांग्रेसको संगठन र सामाजिक क्षेत्रमा सक्रिय अर्यालले आफ्नो अनुभव, समर्पण र संगठनप्रतिको निरन्तरतालाई आधार बनाउँदै महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको हो। कांग्रेसको १५औँ महाधिवेशनका लागि विभिन्न तहका अधिवेशन हुँदै महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया अघि बढिरहेको छ। 

    अर्यालको राजनीतिक तथा सामाजिक संलग्नतामा २०४३ सालमा नेविसंघ सभापति, २०४९ सालमा नेका क्रियाशील सदस्य हुँदै पार्टीका विभिन्न तहमा सक्रिय हुनुहुन्छ उहाँ ११औँ महाधिवेशनदेखि १४औँ महाधिवेशनसम्म लगातार क्षेत्रीय प्रतिनिधिका रूपमा रहनुभएको जनाइएको छ।

    त्यस्तै, उहाँ २०५७ सालमा नेपाल तरुण दल बुटवल नगर अध्यक्ष, १४औँ महाधिवेशनमा नेपाली कांग्रेस रुपन्देहीको निर्वाचित जिल्ला कार्यसमिति सदस्य तथा पछि जिल्ला कोषाध्यक्षको जिम्मेवारीमा रहनुभएको थियो ।

    अर्याल हाल बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्षसमेत हुनुहुन्छ । साथै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका पूर्वअध्यक्ष तथा नेउवा महासंघको कार्यकारिणी सदस्यका रूपमा पनि काम गरेको अनुभव छ ।

    अर्यालले स्थानीय स्तरदेखि राष्ट्रिय हितका लागि सक्रिय रहँदै संगठन निर्माणमा आफ्नो अनुभव उपयोग गर्ने बताउँदै महाधिवेशन प्रतिनिधिमा आफूलाई निर्वाचित गराउन क्षेत्रीय प्रतिनिधिहरूसँग नागरिक अनलाइन मार्फत आग्रह गर्नुभएको छ।

    नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म हुने कार्यतालिका कांग्रेसले सार्वजनिक गरेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, आश्विन १३ २०८३१०:०८:१७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology