बुटवल,असोज १२ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नं. १(ख) को प्रदेश सभापतिमा नारायण न्यौपाने सर्वसम्मत निर्वाचित हुनुभएको छ।
प्रदेश सभापतिमा सर्वसम्मत निर्वाचित भएपछि न्यौपानेले आफूलाई सहयोग, समर्थन र सद्भाव प्रदान गर्ने सम्पूर्णप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ।
न्यौपानेले आफूलाई प्राप्त विश्वास र सद्भावलाई उच्च सम्मान गर्दै सबैलाई साथमा लिएर संगठनलाई थप सुदृढ, एकताबद्ध र गतिशील बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँले नेपाली कांग्रेसको संगठनलाई थप मजबुत बनाउन सक्रिय भएर लाग्ने बताउनुभएको छ ।
उहाँले समकक्षी साथीहरू, आदरणीय नेतागण, नगर पदाधिकारी, वडा सभापति, क्षेत्रीय प्रतिनिधि, पार्टी सदस्य, निर्वाचन समितिका पदाधिकारी, पत्रकार तथा निर्वाचनका क्रममा सुरक्षा व्यवस्थामा खटिनुभएका सुरक्षाकर्मीलगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्नुभएको हो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)