बुटवल,असोज ९ ।
विद्यार्थी जीवनदेखि नै राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय हुँदै आउनुभएकी नेतृ गंगा पन्थी नेपाली कांग्रेस बुटवल उपमहानगर समितिको उपसभापतिमा निर्वाचित हुनुभएको छ।
विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गर्नुभएकी पन्थी पार्टीका विभिन्न तहमा रहेर जिम्मेवारी निर्वाह गर्दै कांग्रेस बुटवलको उपसभापतिको जिम्मेवारीमा पुग्नुभएको हो।
पन्थीले विद्यार्थी जीवनदेखि नै राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय हुँदै आफ्नो राजनीतिक यात्रा अघि बढाउनुभएको थियो। विद्यार्थी राजनीतिसँगै समाजसेवामा समेत सक्रिय रहँदै आउनुभएकी उहाँले विभिन्न सामाजिक अभियान तथा समुदायसँग सम्बन्धित गतिविधिमा सहभागिता जनाउँदै योगदान पुर्याउँदै आउनुभएको छ।
नेपाली कांग्रेसको संगठन निर्माण र पार्टी गतिविधिमा निरन्तर सक्रिय पन्थीले पार्टीका विभिन्न तह र जिम्मेवारीमा रहेर काम गर्नुभएको छ। संगठनका गतिविधिलाई नजिकबाट बुझ्दै कार्यकर्ता तथा आम नागरिकसँगको सम्बन्धलाई प्राथमिकता दिँदै आउनुभएकी उहाँले पार्टीभित्रको जिम्मेवारी पनि क्रमशः अघि बढाउँदै लैजानुभएको हो।
गुल्मीको तम्घासमा सानै उमेरदेखि स्ववियू हुंदै कांग्रेसको विद्यार्थी राजनीतिबाट सुरु भएको राजनीतिक यात्रा समाजसेवा हुँदै कांग्रेसका वडा तहका जिम्मेवारी सम्हाल्दै अहिले बुटवल उपमहानगर समितिको उपसभापतिसम्म आइपुगेको हो।
उपसभापतिमा निर्वाचित भएपछि पन्थीले पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताबीचको समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने तथा बुटवलका नागरिकका सवाललाई पार्टीमार्फत् प्राथमिकताका साथ उठाउने जिम्मेवारी पाउनुभएको छ। बिस २०६० सालमा बुटवल झर्नुभएकी पन्थीको राजनीतिक यात्रालाई विद्यार्थी राजनीति, सामाजिक सक्रियता र पार्टी संगठनमा निरन्तरको संलग्नताको परिणामका रूपमा लिइएको छ।
पन्थी यसअघि वडा सदस्य ,सहसचिव ,सचिव हुदै नगर समितिको सदस्य ,सचिव हुदै उपसभापतिमा भारि मतका साथ निर्वाचित हुनुभएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)