Logo सोमवार, कार्तिक १० गते २०८३
images

कांग्रेस रुपन्देही : प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय निर्वाचनको मिति परिवर्तन,अब असोज ११ र १३ मा हुने

कांग्रेस रुपन्देही : प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय निर्वाचनको मिति परिवर्तन,अब असोज ११ र १३ मा हुने

  • 1.0K
    SHARES

  • कांग्रेस रुपन्देही : प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय निर्वाचनको मिति परिवर्तन,अब असोज ११ र १३ मा  हुने

    बुटवल,असोज ९ ।

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देहीमा तय गरिएको निर्वाचन कार्यक्रमको मिति परिवर्तन गरिएको छ ।नेपाली कांग्रेस जिल्ला निर्वाचन समिति, रुपन्देहीले जारी गरेको सूचनाअनुसार यसअघि २०८३ असोज १० गतेका लागि तय गरिएको निर्वाचन कार्यक्रमलाई मौसम प्रतिकूलताका कारण परिमार्जन गरिएको हो।

    परिमार्जित कार्यक्रमअनुसार प्रदेश सभा क्षेत्रीय अधिवेशन २०८३ असोज ११ गते तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन २०८३ असोज १३ गते गर्ने निर्णय भएको सूचनामा उल्लेख छ।

    नेपाल सरकार, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर केही दिन भारी वर्षा भई जनजीवन प्रभावित हुनसक्ने सम्भावनाबारे सूचना जारी गरेको तथा नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको असोज ५ गतेको प्रेस विज्ञप्तिसमेतलाई आधार मानेर निर्वाचन कार्यक्रम स्थगित गरिएको जिल्ला निर्वाचन समितिले जनाएको छ।att.ZL6zlODQf7l95ZGgULIJlMcDOmoRj08_3MS7a69_Nyw.jpeg

    जिल्ला निर्वाचन समिति रुपन्देहीका जिल्ला निर्वाचन अधिकृत अधिवक्ता रामचन्द्र गौतमद्वारा जारी सूचनामा मिति परिवर्तनबारे जानकारी गराइएको हो।

    यसअघि नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो। पछिल्लो समय वर्षाका कारण प्रभावित क्षेत्रमा अधिवेशनको मिति स्थानीय अवस्था हेरी समन्वय गरेर तोक्ने व्यवस्था पनि गरिएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।8cf330e5-e438-4d4e-aa16-239c00af8fc1.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology