Logo सोमवार, कार्तिक १० गते २०८३
images

कांग्रेस बुटवल नगर सचिवमा इन्जिनियर अर्जुन गिरीको उम्मेदवारी

कांग्रेस बुटवल नगर सचिवमा इन्जिनियर अर्जुन गिरीको उम्मेदवारी

  • 3.0K
    SHARES

  • कांग्रेस बुटवल नगर सचिवमा इन्जिनियर अर्जुन गिरीको उम्मेदवारी

    बुटवल,असोज ६ ।

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुटवल नगर समितिको सचिव पदमा इन्जिनियर अर्जुन गिरीले उम्मेदवारी घोषणा गरेका छन्। गिरी नगर सभापतिका उम्मेदवार ज्योति भण्डारीको प्यानलबाट सचिव पदमा उम्मेदवार बनेका हुन्।

    ३७ वर्षीय गिरी बुटवल उपमहानगरपालिका–७ बाट क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएका छन्। उनले लुम्बिनी इन्जिनियरिङ कलेजबाट ब्याचलर अफ इन्जिनियरिङ अध्ययन गरी २०६३–२०६७ को ब्याचबाट स्नातक तह पूरा गरेका हुन्। त्यसपछि लुम्बिनी बाणिज्य क्याम्पसबाट एमबीएस अध्ययन गरेका छन्।

    गिरीले करिब १३ वर्षदेखि इन्जिनियरिङ तथा कन्सल्टिङ/कन्स्ट्रक्सन क्षेत्रमा काम गर्दै आएका छन्। उनको नेतृत्वमा रहेको कार्यालयमा हाल करिब २५–३० जना कर्मचारी कार्यरत रहेको उनले नागरिक अनलाइनलाई बताएका छन्। 

    राजनीतिक रूपमा भने गिरीको पृष्ठभूमि विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेससँग जोडिएको देखिन्छ। उनले लुम्बिनी इन्जिनियरिङ कलेजमा अध्ययनका क्रममा नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत विद्यार्थी राजनीतिमा सक्रियता जनाएका थिए। कलेजको संस्थापक सदस्यका रूपमा समेत २०६४ सालदेखि आबद्ध रहेको उनले बताएका छन्।

    इन्जिनियरिङ पेशासँगै पार्टी राजनीतिमा सक्रिय रहेका गिरीले अब नगर संगठनलाई थप व्यवस्थित, युवा तथा पेशागत क्षेत्रसँग जोड्ने उद्देश्यसहित सचिव पदमा उम्मेदवारी दिएको बताएका छन्।

    उनको उम्मेदवारीलाई लामो समयदेखि प्राविधिक तथा निर्माण क्षेत्रमा काम गर्दै आएका युवा पुस्ताका प्रतिनिधिका रूपमा पनि हेरिएको छ। इन्जिनियरिङ पेशाबाट प्राप्त व्यावसायिक अनुभवलाई पार्टी संगठन निर्माणमा उपयोग गर्ने उनको योजना रहेको छ।

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै बुटवलमा विभिन्न पदमा उम्मेदवारी घोषणा र प्यानल निर्माणको क्रम चलिरहेका बेला गिरीको सचिव पदको उम्मेदवारी पनि चर्चामा आएको हो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, आश्विन ६ २०८३११:५६:०१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology