Logo सोमवार, कार्तिक १० गते २०८३
images

एमसीसी सम्झौता तत्काल खारेज गर्न हर्क साम्पाङको माग

एमसीसी सम्झौता तत्काल खारेज गर्न हर्क साम्पाङको माग

  • 318
    SHARES

  • एमसीसी सम्झौता तत्काल खारेज गर्न हर्क साम्पाङको माग

    काठमाडौ,चैत १९ ।

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेज गर्नमाग गर्नुभएको छ ।

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । देशकोस्वाधीनता, भूराजनीतिक सन्तुलन र असंलग्न परराष्ट्र नीतिको संरक्षणका लागि एमसीसी खारेज गर्नुपर्ने उहाँकोतर्क छ । उहाँले कुनैपनि असमान र राष्ट्रघाती व्यापारिक सन्धि स्वीकार्य नहुने बताउनुभयो । उहाँले एमसीसीसम्झौता सैन्य रणनीतिक उद्देश्यसहित अघि बढाइएको दाबी गर्दै त्यसलाई तत्काल खारेज गर्न सरकारकोध्यानाकर्षण गराउनुभयो ।

    उहाँले भन्नुभयो, “देशको स्वाधिनता, भूराजनीतिक सन्तुलन र असंलग्न परराष्ट्र नीतिलाई बचाइराख्न, सैन्यरणनीति उद्देश्यका साथ सुरु गरिएको असमान, राष्ट्रघाती व्यापारिक सन्धि सम्झौता एमसीसीलाई खारेज गर्नुपर्छभनेर म माग गर्न चाहन्छु ।” 

    उहाँले सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकहरूले गरिरहेको गतिविधिलाई सक्रिय रूपमा नेपाल सरकारले निगरानीराख्नुपर्ने र संयुक्त राष्ट्रसंघमार्फत नेपालको सिमाना यकिन गरी त्यसको रक्षार्थ नेपाली सेनालाई खटाउनुपर्छ पनिमाग गर्नुभएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, चैत्र १९ २०८२०५:०५:३९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology