Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अर्थमन्त्री बिष्णु पौडेलले घटाए बजेटको आकार,१३ खर्ब ४४ अर्ब खर्च हुने संसोधित अनुमान

अर्थमन्त्री बिष्णु पौडेलले घटाए बजेटको आकार,१३ खर्ब ४४ अर्ब खर्च हुने संसोधित अनुमान

  • 3.9K
    SHARES

  • अर्थमन्त्री बिष्णु पौडेलले घटाए बजेटको आकार,१३ खर्ब ४४ अर्ब खर्च हुने संसोधित अनुमान

    बुटवल,माघ २८- 

    अर्थमन्त्रालयले चालु आर्थिक वर्षको बजेटको मध्यावधी समिक्षा गर्दै आकार घटाएको छ ।

    जेठ १५ मा ल्याएको बजेटमा यो वर्ष १४ खर्ब ७४ अर्ब खर्च हुने अनुमान थियो । मंगलबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले यो वर्ष १३ खर्ब ४४ अर्ब खर्च हुने संसोधितअनुमान पेश गरे ।

    सरकारले यो वर्ष चालु खर्च अन्तर्गत ९ खर्ब १४ अर्ब,पूँजीगतमा २ खर्ब ८३ अर्ब तथा वित्तीय व्यवस्था अन्तर्गत १ खर्ब ४६ अर्ब खर्च हुने अनुमान गरेको छ ।

    अर्थमन्त्रालयले राजस्वको लक्ष्य समेत संसोधन गरेको छ । जेठ १५ मा ल्याएको बजेटमा १० खर्ब ११ अर्बको राजस्वको लक्ष्य राखिएकोमा संसोधन गर्दै यसलाई ९ खर्ब ५९ अर्ब मात्र राजस्व उठाउने भनिएको छ ।

    अर्थमन्त्री बिष्णु पौडेलले जेठ १५ मा तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले ल्याएको बजेटको मध्यावधी समिक्षा मार्फत लक्ष्यहरु घटाएका हुन् । बजेट ल्याउदा ठूलो आकारको ल्याउने र मध्यावधी समिक्षा मार्फत घटाउने प्रचलन भने नयाँ होइन । पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले कोभिड १९ को चुनौती देखिएपनि अर्थतन्त्र विस्तारै लयमा जान लागेको बताए ।

    बजेट भाषण गर्ने मन्त्री फेरिएपनि अर्थमन्त्रालयमा बजेट निर्माणमा संलग्न अधिकारी भने परिवर्तन भएका छैनन् ।अर्थमन्त्रीले बजेटमा उल्लेख भएको ७ प्रतिशतको बृद्धिदरको लक्ष्य पुरा नहुने बताउदै औसत मात्र बृद्धि हुने बताए ।

    यद्यपी आर्थिक बृद्धिदरको संसोधित लक्ष्य भने राखिएको छैन । अर्थसचिव शिशिर ढुंगानाले औसतमात्र आर्थिक बृद्धिदर हुने र आर्थिक बृद्धिदरको जानकारी केन्द्रिय तथ्यांकले विभागले दिने बताए ।

    निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ उपलब्ध :

    अर्थमन्त्रालयले आगामी बैशाख १७ र २७ गते हुने भनिएको निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ उपलब्ध गराएको छ । मंगलबार आर्थिक वर्ष २०७७-७८ को अर्धवार्षिक समीक्षामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ निकासा गरिसकेको जानकारी दिए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा बिघटन गरी आगामी बैशाखमा दुई चरणको निर्वाचन हुने घोषणा गरेकी थिइन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology